१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

ब्रोइलर चल्लाको भाउ बढ्यो

ह्याचरी उद्योगीले ब्रोइलर चल्लाको भाउ बढाउन थालेका छन् । उनीहरुले एकै सातामा तीनपटक भाउ बढाइसकेका छन् । मंगलबारदेखि एकदिने ब्रोइलर चल्लालाई किसानले ७० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

उद्योगीले जेठ १९ गतेसम्म कायम प्रतिगोटा चल्लाको भाउ १० रुपैयाँ बढाएर ५० रुपैयाँ पु¥याएका थिए । त्यसको पाँचौं दिनमा ६० कायम गरेका उद्योगीले दुई दिनलगत्तै ७० रुपैयाँ कायम गरेका हुन् । नेपाल ह्याचरी उद्योग संघका महासचिव बलराम किसीले उपत्यका पोल्ट्रीको भाइबर समूहमा लेखेका छन्, ‘कब–५०० जातको एक दिने चल्लाको किसान मूल्य मंगलबारदेखि रू ७० कायम गरिएको छ ।’

सरकारले लकडाउन घोषणा गरेलगत्तै दाना, चल्ला र कुखुरा ढुवानीमा समस्या आउने ठानेर किसानले खोरमा चल्ला राख्न छाडेका थिए । तर यस अवधिमा नेपालभर नै ब्रोइलर कुखुराको अभाव हुन थाल्यो र भाउ पनि प्रत्येक हप्ताजसो बढ्न थाल्यो । हाल जिउँदो ब्रोइलरको प्रतिकिलो दुई सय ४० रुपैयाँ मूल्य पाइरहेका किसानले मंगलबारदेखि नै लागू हुने गरी अढाइ सय रुपैयाँ पाउने भएका छन् । यही भएर पनि चल्ला हाल्न किसान हौसिएको मौका छोपेर ह्याचरी उद्योगीले भाउ बढाएका छन् ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App