१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यातायात मजदुरबारे सम्बोधन भएन : संगठन

यातायात व्यवस्था विभाग र नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघबीच बैठक बसी सार्वजनिक यातायात सञ्चालन गर्न बनाएको निर्देशिकाले सरकार र यातायात ब्यवसायीहरूको स्वार्थका विषयलाई मात्रै संबोधन गरेको भन्दै यातायात संम्बध तीनवटै ट्रेड युनियन संगठनले आपत्ति जनाएको छ ।

यात्रुहरुको सूरक्षाको अनुगमन, मजदुरलाई कारवाही र यातायात ब्यबसायीका लागिभाडा बृद्धि गर्ने वा सरकारले अनुदान दिनुपर्ने सम्मका विषयहरु उठान भएपनि चालक, सहचालक वा परिचालकको सूरक्षा, उनीहरूको कोरोना बिमा लगायतका विषयमा सरकार र यातायात ब्यवसायी मौन रहेकाले विषय गम्भिर बनेको ती संगठनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । ,

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ  र नेपाल यातायात मजदुर संघले संयक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि विभागले बनाएको निर्देशिकामा यातायात मनदुरका समस्या र सूरक्षाको विषय छुटाउनु गम्भिर त्रुटि भएको उल्लेख गरेका छन् ।सडकमा जनताको सेवा गर्ने मजदुरहरुका प्रतिनिधिहरुलाई थाहै नदिनु, ज्यान जोखिममा राखेर काम गर्ने चालक, सहचालक, परिचालक, टिकट काट्ने, लोड अनलोड गर्ने मजदुरका बारे वेवास्ता गरिएकोले निर्देशिका सच्चाउनु पर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

सरकार र ब्यबसायीहरुले मात्रै बसेर मजदुरका प्रतिनिधिलाई वेवास्ता गरेर भएका छलफलका निष्कर्षहरु कार्यान्वयन गर्न आफुहरु बाध्य नहुने अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र काकीले बताए । कार्यस्थलमा ब्यवसायीहरु पनि आउदैनन्, सरकार पनि आउदैन मजदुर नै हो तर मजदुरलाई छलफलमा नराखी भएका निर्णय हामीले किन मान्ने कार्कीले प्रश्न गरे ।

ब्यबसायिक र सरकारी स्वार्थका लागि यातायात मजदुरका विषयलाई सम्बोधन नगरी विभाग र ब्यबसायीहरुबीचको छलफल एउटा बलियो सोकारवालालाई बाईपास गरिएको र यसले दुर्घटना निम्त्याउने नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले बताए ।

विभाग र ब्यवसायीहरुबीचको छलफलमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात ब्यबसायी र यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने बारे छलफल भएको थियो । विभागमा महानिर्देशक गोगनवहादुर हमालले यातायात ब्यवसायी महासंघका पदाधिकारीलाई छलफलमा राखेपनि सडकमा अहोरात्र काम गर्ने देशभरीका करिव ११ लाख यातायात मजदुरहरूको तिनवटा संगठनलाई भने छलफलमा बोलाइएको थिएन ।

प्रकाशित: २६ जेष्ठ २०७७ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App