४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अपांगता भएका व्यक्तिका लागि अगरवत्ती र मुढा बनाउने तालिम

सिन्केधुप र मुढा बनाउने तालिम उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष सपना राई । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई सहभागी गराएर सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिएको छ । अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम सुरु गरिएको हो । एक हप्तासम्म सञ्चालन हुने तालिम आईतबार गाउँपालिकाकी उपाध्यक्ष सपना राईले उद्घाटन गरेकी छन् । तालिममा गाउँपालिकाका ७ वडाका तीन/तीन जनाका दरले २१ जना अपांगता भएका व्यक्तिको सहभागीता रहेको छ ।  

अपांगता भएका व्यक्तिको क्षमता बिकासका लागि गाउँपालिकाले वार्षिक कार्यक्रम अन्र्तगत सिन्केधुप उत्पादन तालिमका लागि एक लाख ५० हजार र मुढा निर्माण सम्वन्धी तालिमका लागि एक लाख बिनियोजन गरेको थियो । गाउँपालिका भित्रिने सिन्केधुपलाई स्थानीय उत्पालदनमार्फत विस्थापित गर्ने लक्ष्य राखिएको छ । तालिमपछि उनीहरूले उत्पादन गरेको सामग्री गाउँपालिकाभित्रकै पसलमा बिक्री गर्न सहयोग गरिने गाउँपालिकाकी उपाध्यक्ष राईले बताईन् । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App