९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवाको स्थानीय तहको बजेट बढ्यो

रसुवाको स्थानीय तहको बजेटमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा आउँदो आर्थिक वर्ष २०७७/७८ को बजेट वृद्धि भएको हो । जिल्लाको पाँचवटा स्थानीय तहलाई आउदो आर्थिक वर्षका लागि १ अर्ब १ करोड ९४ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ८२ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो चालु आर्थिक वर्षको तुलनामा १९ करोड ५७ लाख बढी हो ।  

आव २०७५/७६ को तुलनामा चालु आवमा ३ करोड ५८ लाख बजेट घटेकोे थियो । आउदो वर्षका लागि वित्तीय समानीकरण अन्तर्गत ३९ करोड ४४ लाख, सर्शत अनुदान अन्तर्गत ५७ करोड ४२ लाख, विशेष अनुदान तर्फ ३ करोड ६० लाख र समपुरक अनुदान तर्फ १ करोड ४८ लाख बजेट विनियोजन भएको छ ।  

चालु आर्थिक वर्षका लागि विशेष तथा समपुरक अनुदान शीर्षकमा बजेट थिएन । जिल्लाको उत्तरगया गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ७ करोड ८९ लाख, सशर्त अनुदान अन्तर्गत ११ करोड ९४ लाख, विशेष अनुदानमा २ करोड गरी २१ करोड ८३ लाख बजेट विनियोजन भएको छ ।

कालिका गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ८ करोड १९ लाख, सर्शत अनुदान अन्तर्गत ११ करोड ७९ लाख, विशेष अनुदानमा १ करोड ६० लाख र समपुरकमा १ करोड ४८ लाख गरी २३ करोड ६ लाख बजेट विनियोजन भएको छ ।  

गोसाइँकुण्ड गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ७ करोड ९९ लाख र सर्शत अनुदान अन्तर्गत १२ करोड १७ लाख गरी २० करोड १६ लाख,  नौकुण्डमा वित्तीय समानीकरण अन्तर्गत ८ करोड ६६ लाख, सर्शत अनुदान अन्तर्गत १३ करोड ४ लाख गरी २१ करोड ७० लाख बजेट विनियोजन भएको छ । यस्तै आमाछोदिङ्मो गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ६ करोड ७१ लाख र सशर्त अनुदान अन्तर्गत ८ करोड ४८ लाख गरी १५ करोड १९ लाख बजेट विनियोजन भएको छ ।  

आउँदो आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट कालिका गाउँपालिकामा र सबैभन्दा कम बजेट आमाछोदिङ्मो गाउँपालिकामा परेको छ । 

प्रकाशित: १७ जेष्ठ २०७७ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App