coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खर्पनदेखि गाडीसम्म

बिकुबहादुर तक्व

सफलता पाउनेहरू फरक काम हैन, उही काम फरक ढंगले गर्छन् । हिन्दी लेखक शिव खेडाको भनाइ व्यवहारमा उतारेका छन् नगदेश, भक्तपुरका बिकुबहादुर तक्वले । पुख्र्यौली पेशा कृषिलाई आधुनिक रूप दिँदै उनले हासिल गरेको आर्थिक समृद्धि उदाहरणीय छ ।  

नगदेशका बारी तथा मनोहरा फाँटमा तरकारी खेती गरेर गुजारा चलाउँदै आएका सयौं परिवारमध्ये एक हो तक्व परिवार । दिनभर खेतमा काम गरेर खर्पनमा बोकेर बाबुबाजेले तकारी बेच्दै आएको उनले सानैदेखि देखेका हुन् ।  

उनका हजुरबा खर्पनमा तरकारी बेच्थे । उनका बुुबाले पनि खर्पनमै तरकारी ओसारे । नगदेश, भक्तपुरका ४९ वर्षे बिकुबहादुर तक्वले चाहिँ साइकल र मोटरसाइकलमा तरकारी बोके । यतिबेला उनका छोरा भने आफ्नै मोटरमा राखेर तरकारी बजारसम्म पु¥याउँछन् । 

उनका हजुरबा खर्पनमा तरकारी बेच्थे । उनका बुुबाले पनि खर्पनमै तरकारी ओसारे । ४९ वर्षे बिकुबहादुरले भने साइकल र मोटरसाइकलमा तरकारी बोके । यतिबेला उनका छोरा आफ्नै निजी मोटरमा राखेर बजारसम्म तरकारी पु¥याउँछन् ।  

तरकारीको कमाइले रोजीरोटीसँगै शिक्षादीक्षा समेत हासिल गरेका उनले पनि यसै पेशालाई निरन्तरता दिने सोच बनाए । तर अलि फरक ढंगले । ‘बजारको मागअनुसार तरकारी रोप्ने मात्र, हैन, आफैंले पसल खोल्ने काम समेत गरें,’ ह्याट, पाइन्ट र बुटमा सजिएका यी सुकिला किसानले भने, ‘आफूले उत्पादन गरेको तरकारी मात्र हैन, अरूले उत्पादन गरेको पनि बेच्ने काम गरेको छु ।’

परम्परागत व्यवसायलाई आधुनिक रूप दिँदा समयको बचतसँगै आर्थिक आम्दानी पनि बढ्ने उनले सुनाए । ‘सधैँ एकै थरी तरकारी लगाएर मात्र हुँदैन,’ मनोहरा  फाँटमा कुरिलाको मुन्टा भाँच्दै गरेका उनले भने, ‘अहिले यसको माग बढेको छ कमाइ राम्रो छ ।’  

लकडाउनका कारण तरकारी बजार बिग्रिएको अवस्थामा पोषिलो खान्कीमा गनिने कुरिलाको माग भने बढेको रहेछ । ‘कोरोनाको त्रासले होकि अहिले कुरिलाको माग बढेको छ,’ उनले भने, ‘अन्य तरकारी बिक्न समस्या भए पनि यो सजिलै बिक्छ ।’  

खेतीले जोडिएको जमिन

पछिल्लो समय प्लटिङका कारण खेतीयोग्य जमिन टुक्रिँदै गएकामा धेरैले चिन्ता व्यक्त गर्दे आएका छन् । सरकारी बेवास्ताका कारण खेतीयोग्य जमीन नासिँदै तिनमा घर बन्दै गएकामा अरू जस्तै उनी पनि चिन्तित छन् । तर उनले चिन्ता मात्र गरेनन् । आफ्नो तर्फबाट सानो भए पनि समाधान निकाले । मनोहरा फाँटमा ४ वर्षअघि नै प्लटिङका लागि टुक्रिएको चार रोपनी जमिन किनैर एउटै बनाएका छन् ।  

सिमेन्टको ब्लकले टुक्राएको जमीन अहिले हरिया तरकारीले ढाकिएको छ । ‘यही खेतमा तरकारी रोपेर मनग्ये आम्दानी भइरहेको छ’, उनले भने, टुक्रिएको जमिन पनि जोडियो, तरकारी उत्पादन पनि बढेको छ ।’  

तरकारीबाटै उनको जीवनमा आएको परिवर्तनले अन्यले जस्तै उनका सन्तानले पनि शिक्षा लिएका छन् । ‘तरकारीकै आम्दानीबाट उनीहरूले आधुनिक शिक्षा लिँदै

छन,’ उनले भने, ‘तर पढेर खेती नै गर्ने छोराछोरीको पनि सोच छ ।’

प्रकाशित: १० जेष्ठ २०७७ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App