१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सवै निर्जीवन बीमाको खुद नाफा ८ प्रतिशतले बढ्दा ७ कम्पनीको घट्यो

निर्जीवन बीमा कम्पनीले खुद नाफा करिब ८ प्रतिशतले बढाएका छन्।  चालु आर्थिक वर्ष ०७६/०७७ को चैत मसान्तसम्म निर्जिवन बीमा कम्नपीले उक्त खुद नाफा गरेका हुन्।  

हालसम्म १८ निर्जीवन बीमा कम्पनीले प्रकासित गरेको वित्तीय विवरण अनुसार चालु आवको नौ महिनामा यी कम्पनीले तीन अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेका छन्।  

उक्त रकम गत आवको तुलनामा करिब २३ करोड रुपैयाँ बढी हो।  गत आवको नौ महिनामा निर्जीवन बीमा कम्पनीले करिब दुई अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेका थिए।  

त्यसैगरी, सोही अवधीमा सात निर्जीवन बीमा कम्पनीको खुद नाफा घटेको छ।  लुम्विनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी,  लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीको नाफा घटेको हो।  

हालसम्म तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ।  

उक्त खुद नाफा गत आवको तुलनामा करिब पाँच करोड रुपैयाँ कम हो।  कम्पनीले गत आवमा नौ महिनामा ५८ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ।  

सो अवधीमा करिब ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरी ओरियन्टल इन्स्योरेन्स कम्पनी दोस्रो अधिक नाफा गर्नै कम्पनीको रुपमा रहेको छ।  

उक्त नाफा गत आवको तुलनामा करिब साढे २० करोड रुपैयाँले बढी हो।  कम्पनीले गत आवको चैत मसान्तसम्म १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।  

त्यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीले करिब तीन करोड रुपैयाँ खुद नाफा बढाएको छ।  गत आवको नौ महिनामा करिब ३३ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोही अवधीमा नाफामा वृद्धि गरी करिब ३६ करोड पाँच लाख रुपैयाँ खुद नाफा बढाएको छ।  कम्पनी चालु आवको नौ महिनामा तेस्रो अधिक खुद नाफा गर्नै कम्पनी बनेको छ।  

चौथौ बढी खुद नाफा कमाउने कम्पनीको रुपमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ।  कम्पनीले गत आवको चैत मसान्तसम्म २५ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको सोही अवधीमा २४ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ।  चालु आवको नौ महिनामा कम्पनीको नाफा करिब एक करोड रुपैयाँ घटेको छ।  

प्रिमियर इन्स्योरेन्स कम्पनीले करिब चार करोड रुपैयाँ खुद नाफा बढाएको छ।  पाँचौ बढी खुद नाफा गर्नै कम्पनीमा रहेका प्रिमियरले चालु आवमा करिब १९ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ।  कम्पनीले गत आवको सोही अवधीमा करिब १५ करोड रुपैयाँ खुद नाफा गरेको थियो।  

त्यसैगरी, छैटौं बढी खुद नाफा आर्जन गर्ने कम्पनी सगरमाथा कम्पनी रहेको छ।  कम्पनीले चालु आवमा करिब २२ लाख रुपैयाँ खुद नाफा बढाएको छ।  गत आवको चैत मसान्तसम्म १७ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोही अवधीमा १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको हो।  

सातांै स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीको खुद नाफा करिब दुई करोड रुपैयाँ घटेको छ।  गत आवको चैत मसान्तसम्म करिब १८ करोड १० लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको सोही अवधीमा १६ करोड ३ लाख रुपैयाँ खुद नाफा गरको हो।  

त्यसैगरी, आठौं बढी खुद नाफा कमाउने कम्पनी एनएलजी इन्स्योरेन्सले करिब ४० लाख रुपैयाँ खुद नाफा घटेको जनाएको छ।  

कम्पनीले चालु आवको नौ महिनामा करिब १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ।  गत आवको सोही अवधीमा कम्पनीले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो।  

त्यसैगरी, नवौं स्थानमा रहेको प्रभु इन्स्योरेन्सले एक करोड २२ लाख रुपैयाँ खुद नाफा बढाएको छ।  गत आवको नौ महिनामा करिब १४ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोही अवधीमा १५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको हो।  

नेपाल इन्स्योरेन्सले सो अवधीमा करिब ३४ लाख रुपैयाँ खुद नाफा वृद्धि गरी दशौं अधिक नाफा कमाउने कम्पनीको रुपमा रहेको छ।  

गत आवको चैत मसान्तसम्म १३ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ।  कम्पनीले गत आवको सोही अवधीमा १३ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो।  

त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ।  उक्त रकम गत आवको तुलनामा करिब नौ करोड रुपैयाँ बढी हो।  कम्पनीले गत आवको सो अवधीमा करिब चार करोड रुपैयाँ खुद नाफा गरेको थियो।  

लुम्वनी जनरल इन्स्योरेन्स नाफा दुई करोड ८९ लाख रुपैयाँ घटेको छ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको सोही अवधीमा करिब १२ करोड नाफा गरेको जनाएको छ।  

आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा सात लाख रुपैयाँले बढेको छ।  गत आवको चैत मसान्तसम्म १० करोड रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सो अवधीमा १० करोड सात लाख रुपैयाँ खुद नाफा गरेको हो।  

त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा ३ करोड ६६ लाख रुपैयाँ घटेको छ।  कम्पनीले गत आवको सो अवधीमा १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेकोमो चालु आवमा नौ करोड ६ लाख रुपैयाँमा झरेको हो।  

युनाईटेड इन्सयोरेन्सको खुद नाफा तीन करोड २९ लाख रुपैयाँ घटेको छ।  कम्पनीले चालु आवको नौ महिनामा चार करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ।  तर, गत आवको सोही अवधीमा कम्पनीले करिब सात करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।  

अजोड निर्जीवन बीमा कम्पनीको ९० करोड लाख रुपैयाँ खुद बढेको छ।  गत आवमा दुई करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोही अवधीमा तीन करोड ५१ लख रुपैयाँ खुद नाफा गरेको जनाएको छ।  

त्यसैगरी, जनरल इन्स्योरेन्सले ६९ लाख रुपैयाँ नाफा बढाएको छ।  कम्पनीले गत आवमा दुई करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आवमा तीन करोड खुद नाफा गरेको जनाएको छ।  

हालसम्म चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकासित गर्ने कम्पनीमा सबैभन्दा कम खुद नाफा सानिमा जनरल इन्स्योरेन्सले गरेको छ।  

कम्पनीले सो अवधीमा दुई करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ।  कम्पनीले गत आवको सो अवधीमा दूई करोड तीन लाख रुपैयाँ खुद नाफा गरेको थियो।  

श्रोतः जीवन तथा निर्जीवन बीमा कम्पनीको प्रकासित गरेको वित्तीय विवरणमा आधारित।  

 

 

प्रकाशित: ९ जेष्ठ २०७७ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App