१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लकडाउनकै बीचमा चाबहिल चुच्चेपाटीमा भूमिगत प्रसारण लाइन

काठमाडौं- कोरोना भाइरसको कारणले मुलुक ठप्प भएता पनि नेपाल विद्युत् प्राधिकरणले लकडाउनकै बीचमा भूमिगत विद्युतीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिएको छ।  काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले अहिले चाबहिल चुच्चेपाटी गौशला सडक खण्डमा धमाधम भूमीगत विद्युतीय प्रसारणलाइन निर्माणमा गरिरहेको छ।  

सडक विभागले केही समयभित्रै सडक कालोपत्रे गर्न लागेकाले पनि प्राधिकरणले तत्कालै भूमिगत प्रसारणलाइन निर्माण गर्न लागेको हो।  काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका लेखाप्रमुख शेखरबिक्रम कार्कीले पर्याप्त सुरक्षा सतर्कता अपनाएर लकडाउनकै बीचमा भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माण गरिरहेको बताए।

 ‘सडक विभागले चाबहिल चुचेपाटी सडक केही समयभित्रै कालोपत्रे गर्ने भनेकाले हामीले लकडाउनकै अवधिमा प्रसारणलाइनको काम सक्न लागेका हौं,’ उनले भने, ‘यो खण्ड अबको केहीभित्रै प्रसारणलाइनको काम सम्पन्न गर्नेछौं। ’ आयोजनाले लकडाउनकै अवधिमा साढे दुई किलोमिटर क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माणको काम गरिरहेको छ।   उक्त निर्माण कार्यको ठेक्का सम्झौता २०७५ चैतमा भएको थियो। सम्झौताअनुसार रत्नपार्क वितरण केन्द्रमा भूमिगत विद्युतीकरण गर्न ३० महिनाको अवधि राखिएको छ।  

आयोजना अन्तर्गतको ११ केभीको १३५ किलोमिटर र ४०० भोल्टको दुई सय किलोमिटर भूमिगत विद्युती यलाइन विस्तार गर्न भ्याटसहित ८३ करोड १४ लाख लाग्ने अनुमान छ।  प्राधिकरणका अनुसार ‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिनको सहायताले जमिनमुनि खाल्डो खनेर बिजुलीको तार राखिनेछ। आयोजनाका अनुसार काठमाडौंको भित्री इलाका असन, इन्द्रचोक, न्युरोडहुँदै एअरपोर्ट, चाबहिलदेखि बौद्धसम्म भूमिगत तार विस्तार गर्न लागिएको हो।

काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले कोरोना भाइरसको संक्रमणको कारणले भएको लकडाउनको कारणले  महाराजगन्ज वितरण केन्द्रबाट गरिने भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माणको कार्य प्रभावित भएको बताए।  ‘लकडाउन भएसँगै महाराजगन्ज खण्डको काम प्रभावित भएको छ ,’ उनले भने, ‘हाम्रो नभएपनि चाबहिल चुच्चेपाटी सडक खण्डमा भने काम भइरहेको छ।  ठेकेदार कम्पनीले मजदूरको जुगाड गरेर एक दुईदिनभित्रै काम सुरु गर्ने तयारी गरिरहेको छ। ’ आयोजनाले पछिल्लो समय बुढानिलकष्ठ क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माणको काम सुरु गरेको थियो।

२०७५ चैतमा ठेकेदार कम्पनी भारतीय केइआई इन्ड्रस्टिजसँग महाराजगन्ज वितरण केन्द्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तारको लागि एक अर्ब एक करोड ६९ लाखरुपैयाँमा ठेक्का सम्झौता भएका थियो।  ११ केभीको भूमिगत प्रसारण लाइन एक सय ५५ किलोमिटर र ४०० सय भोल्टको दुई सय १० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तार गरिनेछ।  दुवै आयोजना ठेक्का सम्झौताभएको ३० महिनाभित्रै निर्माण सम्पन्नगर्नुपर्ने व्यवस्था गरिएको छ।  ‘भूमिगत प्रसारण लाइनलाई सुरक्षाको लागि मात्रै नभएर विद्युत् क्षमता विस्तार गर्ने अवसरको रुपमा पनि लिनुपर्छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘विश्वका धेरै देशमाभूमिगत प्रसारण लाइन छ।  नेपालमा भने बिल्कुलै नयाँ हो। ’

 भूमिगतविद्युत् प्रसारण लाइनविस्तारको लागि डेढदेखि दुई मिटर सडक खनेर तार राख्ने गरिन्छ।  ११ केभी प्रसारण लाइनको लागि १६० एमएमको पाइप राखिनेछ।  चार सयभोल्टको प्रसारण लाइनको लागि १२५ एमएमको पाइपभित्र इन्सुलेसन राखिएको बिजुलीको तार राखिन्छ।  इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सन इपिसी मोडलमा यो काम गर्न लागिएको हो।  ‘होरिजेन्टल ड्रिलिङ प्रविधिबाट भूमिगतविद्युत् प्रसारण लाइनविस्तार गर्न लागेका हौं,’ उनले भने, ‘एक ठाउँमा मुसाले जस्तै दुलो पारेर अन्य ठाउँमा भित्रभित्रैबाट बिजुलीको लाइन विस्तार गरिनेछ। ’

 

 

 

 

 

 

 

प्रकाशित: १६ वैशाख २०७७ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App