३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोना बिमा पुलमार्फत हुने

काठमाडाै‌, – कोरोना भाइरस रोग (कोभिड–१९) को बिमा पुलमार्फत सञ्चालन हुने भएको छ । बिहीबार उक्त बिमालेख जारी गरेको बिमा समितिले आगामी आइतबारदेखि पुलमार्फत सञ्चालन गरिने जनाएको छ । 

समितिका अनुसार कोरोना बिमा नेपाल बिमक संघको नेतृत्वमा पुनर्बिमा कम्पनीसहित पुलमार्फत सञ्चालन हुनेछ । यसअघि बिमक संघको नेवृत्वमा माइक्रो इन्स्योरेन्सको पुलमार्फत बिमा गर्दै आएकोमा आगामी दिनमा सोही अनुसार कोरोना बिमा गरिने समितिले जनाएको छ । 

कोरोना बिमाको जोखिम २० प्रतिशत पुनर्बिमा कम्पनीले बहन गर्नेछ भने बाँकी सम्बन्धित कम्पनीले सामूहिक रुपमा बहन गर्नेछन् । आगामी आइतबारदेखि सुरु गरिने कोरोना बिमा देशव्यापी रुपमा लैजाने योजनामा रहेको समितिले जनाएको छ । 

प्रकाशित: ६ वैशाख २०७७ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App