१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हवाई माध्यमबाट नेपाल प्रवेश रोकिएन

काठमाडौं- सोमबार विहान १२ बजेदेखि सरकारले विदेशबाट आउने यात्रुको नेपाल प्रवेशमा रोक लगाएपनि दुईजना नेपाली स्वदेश प्रवेश गरेका छन् । उनीहरु दुवै जना केही दिनअघि अस्ट्रेलिया गएको तर त्यहाँको अध्यागमनले प्रवेश नदिएपछि दुबई हुँदै नेपाल फर्किएका हुन् । दुबइको अबुधावी विमानस्थलबाट आएको इतिहाद इयरलाइन्सको इवाई २९० उडानमार्फत सोमबार दिउँसो ३ः५० माउनीहरु नेपाल आएका हुन् । नेपालमा रहेका आफ्ना यात्रु लैजान अबुधाबीबाट आएको उक्त विमानबाट उनीहरु काठमाडौं आए पनि बेलुका अबेरसम्म विमानस्थलमै राखिएको छ ।

प्रतिबन्धित समयमा नेपाल प्रवेश गर्नेहरुको परिचय भने गोप्य राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा वाहोम क्वारेन्टाइनमा पठाउनेबारे अबेरसम्म निर्णय हुन नसकेको अध्यागमन स्रोतले जानकारी दिएको छ । त्यसो त सोमबार दिनभर तीन विदेशी विमान कम्पनीले त्रिभुवन विमानस्थलमा चारवटा उडान भरेका छन् । कतार एयरवेजले दुई अवतरण तथा उडान भरेको छ भने कोरियनर इतिहादले एक–एक उडान भरेका हुन् । कतार एयरवेजको विमानले सोमबार बिहान काठमाडौं–दोहार अन्य दुई कम्पनीले साँझ भरेका थिए ।

कतार र कोरियन एयरलाइन्सले भने कुनै यात्रु नल्याएको र नेपालमा रहेको यात्रुलाई लैजान मात्रै अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

नेपाल आएका सबै उडानहरु तालिकाअनुसारकै भएको विमानस्थल कार्यालयले जनाएको छ । कोभिड–१९ को संक्रमण हुनसक्ने जोखिमलाई ध्यान दिँदै सरकारले विदेशबाट आउने उडानमा चैत १८ गतेसम्म पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । उक्त प्रति बन्धपछि पनि विदेशी विमान कम्पनीहरुले उडान भरिरहेका छन् । प्रतिबन्ध यता सिल्क एयरलाइन्सले विदेशी यात्रुसहित ९८, एयर इन्डियाले १२ र थाई एयरलाइन्सले ५० जनायात्रु नेपाल ल्याइसकेका छन् ।

आन्तरिकतर्फका उडानमा भने विमान कम्पनीलाई यात्रु ओसार्न भ्याइनभ्याई छ । विमानस्थल कार्यालयकाअनुसार सोमबार दिनभर आन्तरिकतर्फ दुई सय ६० भन्दा बढी उडान तथा अवतरण भएका छन् ।

काठमाडौंबाट देशभरका गन्तव्य र काठमाडौंबाहिरका विमानस्थलबाट पहाडी गन्तव्यमा उडान भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार बुद्ध एयरले देशभर ९४ उडान तथा अवरतण भरेको छ । श्री एयरलाइन्सले २६, यतीले ६८, तारा एयरलाइन्सले ३५, सीताले २५ तथा सिम्रिकले १० उडान भरेको विमानस्थलकार्यालयले जानकारी दिएको छ ।ती उडानहरु काठमाडौंबाट देशका विभिन्न विमानस्थल र त्यहाँबाट पहाडी विमानस्थलमा उडान भरेको जनाइएको छ ।

सरकारले मंगलबारदेखि लागू हुने गरी ७७ वटै जिल्लालाई एक साताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका आन्तरिकतर्फका हवाई उडान रद्द हुने भएका छन् । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने सरकारद्वारा जारी निणर्यमा उल्लेख छ ।

काठमाडौंमा कोरोना संक्रमित बिरामी भेटिएपछि सरकारले आवतजावतमै प्रतिबन्ध लगाउने गरी हवाई उडानसमेत रोक्ने निर्णय गरेको हो । यसअधि सरकारले सवारी साधनबाट हुने दुई सय ५० किलोमिटरभन्दा लामो यात्रामा मात्रै रोक लागाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत ४ गते बिहान १०ः३० बजे कतार एयरवेजको क्युआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएकी एकजना २९ वर्षीय युवतीमा नेपाल आएको ६ दिनपछि कोरोनाको संक्रमण सरकारले पछिल्लो निर्णय गरेको हो । फ्रान्सबाट नेपाल आइपुगेकी उनको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको भने उक्त विमानबाट नेपाल आएका अन्य दुई सय पाँचहवाई यात्रुको समेत खोजी भइरहेको सोमबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
 

प्रकाशित: ११ चैत्र २०७६ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App