८ वैशाख २०८१ शनिबार
अर्थ

तीन वर्षमा सक्नुपर्ने सडक १४ महिनामा १७ प्रतिशत प्रगति

काठमाडौं - कालीगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर–पिपलडाँडा खण्डको भौतिक प्रगति अत्यन्तै न्यून देखिएको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता सम्पन्न आयोजनाको १४ महिनाको भौतिक प्रगति १७ प्रतिशतमात्रै छ।

अघिल्लो वर्ष डिसेम्बरमा ठेक्का सम्झौता भएर १३१.७ किलोमिटर सडक निर्माण सुरु भएको थियो। कालीगण्डकी करिडोरको गैंडाकोट–रामपुर–पिपलडाँडा–बागलुङ खण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीले यहाँ लक्ष्य अनुसार निर्माण हुन नसकेको बताए। ‘३६ महिना भित्रै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लागेको थियो।तर सम्झौता अनुसार आयोजनाले अपेक्षित लक्ष्य हात पार्न सकिरहेको छैन,’उनले भने,‘नवलपरासी क्षेत्रमावन क्षेत्रको विवाद, नदीजन्य निर्माण सामग्रीको अभाव, दैलाथुङको भिरमा ट्र्याक खोल्न नसक्दा आयोजनाले लक्ष्यअनुसार काम गर्न नसकेको हो।’  

आयोजना प्रमुख सुवेदीले चालु आर्थिक वर्षभित्रै रामपुर खण्डमा ग्राभेल भइसकेको सडकमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने तयारीमा जुटेको दाबी गरे। ‘चालु आवभित्रै रामपुर खण्डमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरेका छौं,’ उनले भने,‘स्थानीय तहसँग समन्वय गरेर अन्य विवाद सल्टाएर काम गर्न लागेका छौं।’ आयोजना प्रमुख सुवेदीले सडक चौडा बनाउने, पर्खाल लगाउने र सडकको मापदण्ड अनुसार सम्याउने काम भइरहेको बताए। सरकारले २०६४ सालदेखि नै कालीगण्डकी करिडोर अन्तर्गत राखेर सडक विस्तार गर्ने योजना अगाडि बढाएको थियो। तर यो सडक खण्डको ट्र्याक खोल्ने काम २०६९ सालमा मात्रै सुरु भएको थियो। सरकारले ट्र्याकखोलेको करिब ६ वर्षपछि मात्रै सडक निर्माण गर्ने योजनाअनुसार ठेक्का सम्झौता गरेको थियो।

कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडादेखि बागलुङसम्म ३२ वटा पुलनिर्माण गर्नुपर्ने हुन्छ। आयोजनाले हालसम्म १० वटा पुलनिर्माण सम्पन्न भएको जनाएको छ। १३१.७ किलोमिटर लामो उक्त सडकको भारतीय इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले गत डिसेम्बरमा ठेक्का पाएको थियोे। चार अर्ब ८८ करोड रुपैयाँ लागतमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। यो खण्ड भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गर्न लागिएको हो। भारतीय एक्जिम बैंकसँग ३० वर्षका लागि १.५ प्रतिशत ब्याजदरमा ऋण लिएर सडक बनाउन लागिएको हो। उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने मुलुककै छोटो कालीगण्डकी करिडोरको लम्बाइ चार सय १७ किलोमिटर छ। यसमध्ये गैंडाकोटदेखि बागलुङसम्म दुई सय ४५ किलोमिटर छ।

उत्तर–दक्षिण लोकमार्गको बजेट खर्च१६.१ प्रतिशत उत्तर–दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्गले चालु आर्थिक वर्षको ६ महिनामा अत्यन्तै थोरै बजेट खर्च गरेको छ। सरकारले चालु आवमा यो लोकमार्गको लागिदुई अर्ब ८५ करोड बजेट विनियोजन गरेकोमा ६ महिनासम्ममा ४५ करोड ९३ लाख(१६.१ प्रतिशत) मात्रै खर्च गर्न सकेको छ। नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासम्म यस करिडोरको कुल लम्बाइ चार सय ३५ किलोमिटर छ। सरकारले यो आयोजनाको लागिकरिब २८ अर्ब ८० करोड रुपैयाँ बजेट लाग्ने प्रक्षेपण गरेको छ। गत आवसम्म यो आयोजनाको लागि पाँच अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ। बेनी–जोमसोम कोरला खण्डको एक सय ८६ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ।

त्यसैगरी,मालढुंगा–राम्दी–गैंडाकोट खण्डको दुई सय ४५ किलोमिटरमध्येबाट सडक निर्माण भइरहेको छ। रिडी–मालढुंगा खण्डको ८० किलोमिटरमध्ये अहिलेसम्म ३८ किलोमिटर ट्र्याक खोल्ने कामसकिएको उत्तर–दक्षिण लोकमार्गले जनाएको छ। लोकमार्गका अनुसार बेनी–जोमसोम–कोरलाखण्डमा ५४ किलोमिटर ग्राभेल बिछ्याउने तथा मालढुंगा–राम्दी–गैंडाकोट खण्डमा एक किलोमिटर चौडा, ११ किलोमिटर ग्राभेल र पाँचवटा पुलतयार भइसकेको छ। नेपाली सेनाद्वारा निर्माण भइरहेको यो खण्डमा ६.५ किलोमिटर ट्र्याक चौडा गर्ने कार्य सम्पन्न भएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App