४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

किसानलाई फलफूलका बिरुवा वितरण

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले एक हजार ६ सय फलफूलको बिरुवा वितरण गरेको छ। व्यावसायिक रूपमा फलफूल खेती विस्तार र प्रबर्द्धनका लागि शाखाले कृषकलाई एक हजार ६ सय ६० बिरुवा वितरण गरेको हो।

चालु आर्थिक वर्ष २०७६/७७ को हिउँदका लागि किबी, ओखर र स्याउका बिरुवा वितरण गरिएको शाखाले जनाएको छ। जसमा पाँच सय ७० किबी, ६ सय ५० ओखर र चार सय ४० स्याउका बिरुवा वितरण गरिएको छ। यस क्षेत्रमा तरकारीभन्दा फलफूल खेतीको राम्रो सम्भावना भएकाले फलफूल खेती विस्तार गर्नका लागि बिरुवा वितरणलाई निरन्तरता दिएको शाखा प्रमुख सुरेश पौडेलले बताए।

कृषकले ७५ प्रतिशत अनुदानमा बिरुवा पाएका हुन्। प्रत्येक कृषकलाई १० देखि दुई सयसम्म बिरुवा प्रदान गरिएको उनले बताए। शाखा स्थापना भएदेखि कृषकलाई फलफूलको बिरुवा, धान, मकै, तरकारीको बिउ, मकै छोेडाउने मेसिन, प्लास्टिक टनेल, मिनिटिलर लगायत सामग्री वितरण गरिँदै आएको छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App