४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वाधार बैंकको आइपिओ आउँदै

काठमाडौं – ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने तयारी सुरु गरेको छ। उसो प्रयोजनको लागि बैंकले एनआइबिएल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंक र क्यापिटलबीच बिहीबार सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बैंकले दिएको जानकारी अनुसार प्रतिकित्तासय रुपैयाँका दरले आठ करोड कित्ता साधारण सेयर निष्कासन हुनेछ। आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको सो सेयर पछिल्ला दिनमा बिक्री गर्न लागिएको सबैभन्दा ठूलो हो। सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

बैंकको अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्तापुँजी १२ अर्ब रुपैयाँरहेको छ। सर्वसाधारणलाई साधारण सेयर बिक्री गरेपछि बैंकको चुक्तापुँजी २० अर्ब हुनेछ। बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केबलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ३ माघ २०७६ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App