२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नाट्टामा तीन समुहको उम्मेदवारी घोषणा

काठमाडौं – नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) को आगामी नेतृत्वका लागि तीन समूहको उमेदवारी घोषणा भएको छ। नाट्टामा नयाँ नेतृत्वका लागि उमेदवारका दाबेदार तीन ओटै समूहले आ–आफ्नै प्यानल बनाएर चुनावी अभियानमा छन्।

चुनावी प्रक्रियालाई तीब्र रुपमा अगाडी बढाएको मिहिका शाह धाक्वा समूहले महिला आगामी नेतृत्वका लागि व्यापक प्रचार प्रसार गरिरहेको जानकारी गराएको छ। उक्त समूहले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नाट्टामा अनुसन्धान केन्द्र खोल्ने प्रतिवद्वता गरेको छ।‘नाट्टा व्यावसायिक व्यवसायीहरुको साझा संगठन रहेकाले नेपालको पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासमा नेतृत्वले जोड दिनेछ। उम्मेदवार शाहले भनिन्, ‘पर्यटन क्षेत्रको विकास अन्तर्राष्ट्रिय नागरिकका लागि मध्यनजर गर्दै लैजानुपर्ने भए पनि हालसम्म उक्त किसिमको अभ्यासको अभाव देखिएको छ। मेरो समूहले नेपाली पर्यटन बजारलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न तयार छ।’

नाट्टाको पूर्व महासचिव समेत रहेकी उनले आफ्नो समूहमा ४० प्रतिशत महिला सहभागीता रहेको जनाउदै नाट्टालाई राजनीतिबाट टाढा राख्न समेत दाबी गरेकी छन् । नाट्टा पर्यटन अनुसन्धान केन्द्र खोल्ने र जसको माध्ययमबाट अल्पकालिन तथा दिर्धकालिन योजना तर्जुमा गरि समय सापेक्ष कार्यान्वयनमा लगिने समेत उनको योजना रहेको छ। पर्यटकिय क्षेत्रहरुमा अन्तर्राष्ट्रिय स्तरको स्वच्छ तथा सफा शौचालय निर्माण गर्न पहल गर्ने, सूचनासहितको पर्यटकीय बस संचालन गर्न पहल गर्ने, युवाहरुलाई पर्यटन क्षेत्रमा आकर्षित गरि रोजगारीको अवसर दिलाउनेलगायतका प्रतिवद्धता उनले सार्वजनिक गरेकी छन्। नेपाल भ्रमण बर्षलाई सफल बनाउन मूख्य भूमिका निभाउन आफ्नो नेतृत्व तयार रहको जनाउदै पर्यटकिय गन्तव्यको प्रर्वद्वनमा जोड दिने उनको भनाई छ।

राजधानी काठमाडौं लगायत प्रमुख पर्यटकिय गन्तव्यमा अन्तराष्ट्रिय स्थरको यात्रु सहायता कक्षसहित सुचना केन्द र बस पार्कको सुविधा समेत आफ्नो समुहको प्रतिवद्वतामा रहेले बताइन् ।सरकारका सम्बन्धित निकाय तथा नेपाल पर्यटन बोर्डसंग समन्वय गरी पर्यटकिय गन्तव्यको स्तारोन्नती गरी पहिचान अनुरुपको पर्यटन व्यापार व्यवसाय प्रर्वद्वन गरिने समेत उनको भनाई छ। ‘कुन प्रदेशले कस्ता पर्यटकिय सम्भावना बोकेका छन त्यसबारे अध्ययन मार्फत त्यस्ता गन्तव्यको प्रर्वद्वनमा समेत जोड दिने छौ ।’उनले भनिन ‘युवालाई पर्यटन क्षेत्रमा आकर्षण गरि ट्राभल र टुर समबन्धि विभिन्न तालिमको समेत व्यवस्ता गरिने छ।’ पर्यटकसंग प्रत्यक्ष रुपमा जोडिने गाइड,चालक,सहयोगी,होटल व्यवसायीलाई समेत पर्यटक मैत्री बनाउन प्रेरणादायी प्रशिक्षण गराउने समेत उनको प्रतिवद्वता रहेको छ।

उक्त समुहको वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृत कुमार ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ, सह(कोषाध्यक्षमा फुडोमा शेर्पासहित १५ सदस्यीय समिति घोषणा गरिएको छ।

प्रकाशित: २८ पुस २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App