coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

औद्योगिक व्यापार मेला सकियो

लगानीका परिसूचक राम्रो देखिए पनि वातावरण बन्न सकेन : गोल्छा

बुटवल - उद्योग वाणिज्य संघ बुटवलको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला मंगलबार सकिएको छ। मेला समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचक राम्रो देखिए पनि लगानीको वातावरण बन्न नसकेको बताए।

मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको मनोवल बढाएर लगानी आकर्षण गर्न सरकारलाई उनले सुझाव दिए। मुलुकमा पर्यटन विकासको राम्रो सम्भावना रहेकाले पर्यटकको बसाइ लम्याउन ठोस पहल गरिनुपर्ने र त्यसका लागि लुम्बिनी विशेष टुर प्याकेज बनाउनु पर्नेमा उनले जोड दिए। १५ दिनसम्म चलेको मेलामा पाँच सय स्टल सहभागी थिए।

त्यस्तै उद्योगधन्दा विकासका लागि लगानीकर्तालाई सहज र शुलभ रुपमा जमिन उपलब्ध गराउनु पर्ने बताए। साना मझौला उद्यमीका समस्या सम्बोधन गर्दै सहज कर्जा प्रवाहको व्यवस्था मिलाउन र करको समस्या समाधानका लागि सरकारलाई आग्रह गरे। कृषि उद्यमशिलताको विकास गर्दै निर्यातजन्य व्यापार बढाउन कृषिमा आधुनिकीकरण तथा प्रविधिको प्रयोगतर्फ जोड दिनुपर्ने बताए।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले विभिन्नखाले व्यवधानबीच पनि मेला सफल भएको जानकारी दिए। मेलाले सिंगो बुटवल बजारलाई नै चलायमान बनाएको बताउँदै उनले देवीनगरमा सञ्चालन गरिएको मेलाले यहाँको पहिचान स्थापित गर्न सफल भएको दाबी गरे।

प्रदेश सभा सदस्य कृष्ण न्यौपाने, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, महासचिव दिनेशप्रसाद श्रेष्ठ लगायतले बोल्दै सबैको साथ र सहयोगका कारण मेला नयाँ स्थानमा सञ्चालन गरिए पनि सफल भएको बताए ।

पुसको ९ गतेदेखि सञ्चालित मेलामा उत्कृष्ट स्टल धनीलाई पुरस्कृत गरियो। स्टलतर्फ रुपानी इन्जिनियरिङ बुटवल प्रथम, जिपिडी फुड प्रोडक्ट द्वितीय, जिल्ला कारागार रुपन्देही तृतीय तथा आर्ट अफ लिभिङ सान्त्वना भए। प्रविधितर्फ जिसी रिसर्च एन्ड डेभलपमेन्ट प्रालि बुटवल प्रथम, गणपती मेटल वर्कसप भरतपुर चितवन द्वितीय, हस्तकलामा कोसेली हस्तकला बुटवल १४ प्रथम, नेपाल अपांग आश्रम बुटवल ११ द्वितीय, कृषितर्फ गुप्ता नर्सरी तिलोत्तमा प्रथम, लांघाली अचार बुटवल द्वितीय, दुर्गम क्षेत्रबाट चिनारी महिला साझेदारी समूह प्रथम र देउती अर्गानिक मह तथा फलफूल उत्पादन समूह सिंजा ६ जुम्ला द्वितीय भई पुरस्कृत भए।

मेला उद्घाटनमा प्रदर्शन गरिएको झाँकीमा नेपाल आर्मीको गरुडदल गणको न्याउली बाजासहितको सरायँ नाच प्रथम र नेवा पुच गुठी बुटवल देवीनगर द्वितीय भएको संघका निवर्तमान अध्यक्ष तथा मेला मूल्यांकन तथा पुरस्कार व्यवस्थापन समितिका संयोजक महेशमान सिंहले जानकारी दिए। पुरस्कृतलाई संघका अध्यक्ष हमाल तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले पुरस्कार प्रदान गरे। कार्यक्रममा कलाकार ईन्द्र जिसी र मञ्जु पौडेलसहित विभिन्न सहयोगी संघसंस्थालाई सम्मान गरिएको थियो।

मेलाको अन्तिम दिन बुधबार भएको दोहोरी गीत प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश ५ प्रथम भयो। क्विन रोधिघर काठमाडौ द्वितीय तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा तृतीय भए।

प्रकाशित: २४ पुस २०७६ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App