५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चैतको पहिलो हप्ता भक्तपुर महोत्सव

भक्तपुर– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुरमा ‘भक्तपुर महोत्वस २०७६’ हुने भएको छ।

भक्तपुर नगरपालिकाको आयोजनामा हुने महोत्सव चैत चार गतेदेखि आठगते गरी पाँंचदिनसम्म चल्नेछ।
भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख सुनिल प्रजापतिले नेपाल भित्रिने पर्यटकहरुमध्ये धेरै पर्यटकलाई भक्तपुर आउन उत्प्रेरित गर्ने उद्देश्यले महोत्वस आयोजना गर्न लागेको जनाए।

नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी सरकारले यो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। हाल नेपालमा वर्षेनी १२ लाखको हाराहारीमा पर्यटक नेपाल भित्रिने गरेको तथ्यांक छ। नेपाल आउने पर्यटकहरुमध्ये दसदेखि २० प्रतिशत मात्रै पर्यटक भक्तपुर आउने तथ्यांकमा उल्लेख छ। 

महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रमहरु गर्ने तयारी सम्मेलनमा जानकारी दिइएको छ। 

प्रकाशित: १४ पुस २०७६ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App