९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्योग र उद्यमशीलताबिना समृद्धि असम्भव

काठमाडौं –  महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकको समृद्घि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा घरेलु तथा अन्य उद्योगको प्रवद्र्धन नभएसम्म विकासले गति लिन नसक्ने बताएका छन्।

‘स्थानीयस्तरमा आफ्नै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवद्र्घन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पु¥याउनेछ,’ उनले भने, ‘उद्योगहरुको संरक्षण र प्रवद्र्घनका लागि अन्तरमन्त्रालय समन्वयको खाँचो छ।’ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको  बताउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताए।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीव्रत्तर आर्थिक वृद्घिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफैं बन्द हुने उनको भनाइ छ। सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याए। सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले मन्त्री गुरुङको स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको थियो।

प्रकाशित: १२ मंसिर २०७६ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App