१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पशु उपचार शिविर सम्पन्न

रौतहट – पशुको स्वास्थ्यसँग कृषकको समृद्धि जोडिएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताएका छन्। मेयर यादवले खेतीसँगै पशुपालन पनि कृषकको अभिन्न अंग भएकाले शिविरले सर्वसाधारण कृषक लाभान्वित हुने बताए।

रौतहटको गढीमाई नगरपालिकामा काठमाडौंको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास्टको आयोजना एक दिवसीय पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर उद्घाटन गर्दै मेयरले उक्त धारणा राखेका हुन्।

शिविरका प्रमुख पशुरोग विशेषज्ञ डा. उमेशप्रसाद मण्डलले पशुको स्वास्थ्यप्रति कृषक गम्भीर बन्दै गएको अहिलेको अवस्थामा देशलाई पशुसित सम्बन्धित विभिन्न कुरामा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए। उनले किसानको समृद्धि ल्याउन पशुको स्वास्थ्यप्रति सर्वसाधारण अझ बढी सचेत हुनुपर्ने बताए। कृषकले लाभ लिन सकेमा शिविर सफल हुने डा. मन्डलको भनाइ थियो।

पशुले आफ्नो स्वास्थ्यबारे केही बताउन नसक्ने हुनाले पशुरोग चिकित्सक लक्षणका आधारमा पशु बनेर बुझ्दै रोगको उपचार गर्नु परेको पशु क्वारेन्टाइन कार्यालय औरैयाका प्रमुख डा. रामानन्द झाले बताए। पशु स्वास्थ्यबारे जति सचेत हुन सक्यो उति धेरै फाइदा लिन सकिने विचार डा. झाको छ। दुई दिनसम्म चल्ने शिविरको अध्यक्षता वडाध्यक्ष रामविनय राय यादवले गरेका थिए।

प्रकाशित: ६ आश्विन २०७६ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App