१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कमाउन विदेश गएको छोराको शव आएपछि...

कपिलवस्तु– रुसमा गत भदौ १६ गते हत्या गरिएका कपिलवस्तु नगरपालिका ३ ठुलो सडवाका २६  बर्षिय राजकुमार यादवको शव १८ दिनपछि घरमा ल्याइएको छ। काठमाडौंबाट शुक्रबार दिउँसो उनको शव घर पुर्याइएको हो। 

बैदेशिक रोजगारीका लागि टुरिस्ट भिसामा गएका यादवको भदौ १६ गते एक महिलासहित ३ जनाको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। लुटेराहरुको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनबाट उत्रने क्रममा हत्या गरेको मृतकका काका राम निवास यादवले बताए। पेटमा गहिरो घाउ भएको र अत्यधिक रक्तश्रवाका कारण राज कुमारको मृत्यु भएको थियो। सिसीटिभीको फुटेजको आधारमा हत्यारा पक्राउ परिसकेका छन्। मृतकको शव त्यहीँको अस्पतालमा राखिएको थियो। 

एनआएन रुस र पराष्ट्र मन्त्रालय लगायतको पहलपछि शवलाई नेपाल फर्काइएको थियो। राजकुमार अबैधानिक ढंगले रुसको पास्ता सिटीमा बिभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने काम गर्दथे। जसका कारण राज कुमारको शव ल्याउन कठिनाई भएको थियो। नेपाल र भारतमा रहेका एनआएन समूहले आर्थिक संकलन एवं पहल गरेर शव नेपाल पठाएको काका राम निवासले बताए। एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले शव नेपाल पठाउन बिशेष पहल गरेका थिए। 

२०७२ सालमा राज कुमार रुस छिरेका राज कुमारको ४ बर्ष पनि नपुग्दै यो घटना भएको हो। घर परिवारको आर्थिक स्थिति बढाउन रुस छिरेका राज कुमारको शव बाकसमा आए पछि सडवा गाउनै शोकमा डुबेको छ। त्यहीँ गाउँमा घर भएका प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्वले राज कुमारको दुःखद मृत्युले सडवा गाउँ नै गहिरो शोकमा डुबेको बताए। ‘राज कुमार शिक्षित पढेलेखेको गाउँको केटा थियो, उसको मृत्युले गाउँमा शोकको माहोल छ’, उनले भने। 

मृतकको श्रीमती र एक सात महिने छोरा तथा ३ दाजु भाई, एक दिदी, आमा र बुवा छन्। श्रीमानको मृत्युको खबर पाएदेखि नै राज कुमारकी श्रीमती राजकुमारी यादव अर्धचेत छिन्। आमा जितनी अहिर परिवारको खुशीका लागि बिदेशीएको ठूलो छोराको मृत्युले बेहाल छिन्। 

उता छोराको हत्यापछि करिब ६ बर्षदेखि साउदी अरबमा रहेका बुवा धु्रव कुमार यादव घर फर्केका छन्। धु्रब कुमार साउदी अरबको अल हाम इबिसी कम्पनीमा कार्यरत थिए। कम्पनी मालिकले फर्कन नदिएपछि उनी त्यहाँबाट भागेका थिए। त्यहाँको सुरक्षाकर्मीले पक्राउ गरेर ४ दिन जेलमा राखेको थियो। पछि उनीहरुले नै आफूलाई नेपाल फर्काएको धु्रबले बताए। छोराको मृत्युको खबर पाएको एक सातापछि उनी नेपाल आएका हुन। ‘म साउदी अरब भएका बेला ठुलो छोरा राज कुमार रुस गएको थियो’, उनले भने, ‘मैले नजान भनेको थिए तर गयो अहिले यस्तो बज्रपात भो’ उनले भने। कमाउन गएको छोराको बिदेशबाट शव आउँदा उनको परिवारका अहिले गहिरो दुःख छाएको छ।

राज कुमारको शवलाई शनिवार रामघाटमा दाह संस्कार गरिएको छ। 

प्रकाशित: ४ आश्विन २०७६ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App