६ वैशाख २०८१ बिहीबार
अर्थ

आइफोनका तीन नयाँ 'सिरिज' सार्वजनिक

काठमाडौं - स्मार्टफोन निर्माता कम्पनी एप्पल इन्कर्पोरेसनले आइफोन ११ का सिरिज सार्वजानिक गरेको छ। कम्पनीले आइफोन ११,११ प्रो र ११ प्रो म्याक्स गरी तीन फरक विषेशताका नयाँ स्मार्टफोन मंगलबारमात्रै  सार्वजनिक गरेका हो। सार्वजनिक भएको एकैदिनमा एप्पलले गरेको कारोबारका आधारमा प्रयोगकर्तामाझ यसको लोकप्रियता निकै बढेको कम्पनीको दाबी छ।

अन्तराष्ट्रिय मिडियाहरुलाई आधार मान्ने हो भने बुधबार मात्रै एप्पलको सेयरमा एक दशमलव १८ प्रतिशतले वृद्धि भयो। नयाँ ब्रान्डका स्मार्टफोन सार्वजनिक हुने विषयले चर्चा पाएको दुई दिन अघि भने एप्पल कम्पनीको सेयर मुल्यमा शुन्य दशमलव शुन्य एक अंकले गिरावट आएको देखिन्छ। यहि तथ्याङ्कलाई नियाल्दा प्रयोगकर्ताले यिनै नयाँ स्मार्ट फोनलाई कुरिरहेको बुझ्न सकिन्छ। प्रि–बुकिङ खुलाएको कम्पनीले डिसेम्बर २० बाट ग्रहकको हातहातमा मोबाइल पुर्याउने बताएको छ।
के छ नयाँ आइफोनमा ?
प्रयोगकर्ताको मुख्य आकर्षण नै स्मार्टफोनको क्यामेरामा हुनेछ। ब्याकसाइडमा प्रयोग गरिएको डुवल र तीनवटा क्यामेराले नै धेरैको ध्यान खिच्ने छ। आइफोन ११ मा डुअल क्यामेरा छ भने आइफोन ११ प्रो र आइफोन प्रो म्याक्समा तीनवटा क्यामेरा राखिएको छ।   स्मार्टफोनमा आइओएस १३ र ए १३ वायोनिक प्रविधि जडान गरिएको छ। क्यामेरामा वाइड, अल्ट्रा वाइड र टेलिफोटो लेन्स जडान गरिएको छ। भिडियो, फोटो र अडियो इडिटका सरल अप्सन राखिएको पनि एप्प्लले जनाएको छ।

यता कम्पनीले ब्याट्रीको चार्ज टिकाउलाई पनि विषेश ध्यान दिइएको जनाएको छ। कम्पनीका सिइओ थिम कुकले स्मार्टफोेन सर्वजानकिक गर्दै  आइफोन ११ प्रो म्याक्सको ब्याट्री यसअघिको एक्स एस म्याक्सको ब्याट्रीको तुलनामा ४ घण्टा बढी टिक्ने दाबी गरे त्यस्तै स्मार्टफोनको अर्को विषेशता मोबाइलमा पानी छिर्दैैन। मोबाइल ६४ जिबी, १२८ जिबी र २५८ जिबी इन्टरनल मोमोरीसहितका छन्। यद्यपि यी तीनै मोबाइल आ–आफ्नै विषेशता भने छ।

आइफोन ११ मा ६ दशमलव १ इन्चको डिस्प्ले छ। यता आइफोन प्रो भने ५ दशमलव ८ इन्चको हो। तर यस मोबइलमा सुपर रेटिना एक्सडिआर प्रविधि जडान गरिएको छ। आइफोन प्रो म्याक्स भने ६ दशमलव ५ इन्चको छ। जसको डिस्प्लेमा ओएलइडी प्रविधि जडान गरिएको छ। यी प्रविधि आइफोनका नयाँ प्रयोग हो।

मूल्य
आइफोन ११– ७ सय ५० अमेरिकन डलर
आइफोन ११ प्रो– १ हजार अमेरिकन डलर
आइफोन ११ प्रो म्याम्स- १२ सय अमेरिकन डलर

प्रकाशित: २६ भाद्र २०७६ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App