१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सकारात्मक सोचको विकास गर्न तालिम सञ्चालन

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।‘ अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकता सम्बन्धी प्रशिक्षण आयोजना गरिएको जनाएको छ। साथै कर्मचारीले आज गर्नसकिने काम आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उक्त प्रशिक्षण शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले यात्रुसँगको व्यवहार राम्रो हुनाका साथै  सम्बन्ध पनि कायम हुने दाबी गरे। सोही मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको  अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिए।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करीब २० हजार यात्रु ओहरदोहर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताए। विमानस्थल कार्यालयले पाँच दिनमा विभिन्न ‘सिफ्ट’ गरी करीब ९ सय कर्मचारीलाई विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने जनाएको छ।

यो प्रशिक्षणपछि अर्को महिना विमानस्थलका ट्याक्सी चालकलाई पनि यस्तै प्रशिक्षण दिइने जानकारी दिए। विमानस्थलका कर्मचारीले यात्रुसँग झर्कनाका साथै सहज व्यवहार नगरेको भन्ने गुनासो आएपछि मन्त्री भट्टराईको निदर्नेशनमा सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक क्षेत्रीले जानकारी बताए। रासस

प्रकाशित: १५ भाद्र २०७६ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App