१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पानी पाइयो, कामदार पाइएन

भक्तपुर – सक्रिय मनसुन सुरु भएसँंगै भक्तपुरका खेतखेतमा पानी जम्मा भएर धान रोप्न हुने भएको छ। तर, बिडम्बना धान रोप्न आवश्यक जनशक्ति नहुँंदा किसान मर्कामा छन्।

किसानको जिल्ला भनेर चिनिने भक्तपुरका किसान यतिखेर धान रोप्ने रोपाहारको खोजीमा छन्। अरु बेला भए यहाँंका किसान समूहमा पालैपालो धान रोप्थे। आफन्तसँंग समूहमा मिलेर एक दिन एउटाको, अर्काे दिन अर्काको गरी मिलेर समूहमा रोपाइँ गर्थे। तर यो वर्ष पर्याप्त पानी नपरी असारको अन्तिम साता बल्ल मनसुन सक्रिय भएपछि सबै परिवार एक्लाएक्लै आ–आफ्नो खेतमा धान रोप्न व्यस्त भएका छन्। यही कारण समूहमा काम गर्न नपाइँ रोपाहार कमी भएको हो।

किसान धनकुमार स्वंगमिखा घरको परिवार पनि एक–दुईजना मात्रै फुर्सदमा हुने भएकोले पानी परे पनि काम गर्ने मानिसको अभावमा धान रोप्न नपाएको बताउँंछन्। ‘शनिबार सबैको बिदाको दिन रोपाइँ गरुँ भनेर बस्यो भने पानी हुँंदैन, अहिले नै रोप्न जाउँंभन्दा कोही छैन,’ उनले भने।

यहाँंका अधिकांश खेत आकाशे पानीको भरमा छन्। सिँचाइको व्यवस्था नहुँंदा आकाशबाट पानी परेकै बेला खेत पुगेर धान रोप्न यहाँंका किसान बाध्य छन्। भएको कति ठाउँंका ढल पनि मासिएका छन्। आवश्यक मर्मतसुधारका लागि पहल नहुँंदा भएका कुलो पनि अलपत्र छन्।

अर्का किसान गणेशबहादुर थुसा पहिला जस्तो परिवारका सबै सदस्य खेतमै निर्भर नभई अन्य रोजगारीमा पुगेकाले रोपाइँ गर्ने जनशक्ति अभाव भएको बताउँंछन्। ‘खेती किसानीमै निर्भर भएर बस्न सकिने पनि अवस्था थिएन,’ उनले भने, ‘यस्तो अवस्थामा धान रोप्न भनी आ–आफनो काम छोडेर बस्ने अवस्था पनि भएन।’

देशभर जस्तो यहाँंको पनि वर्षको मुख्य बाली धान हो। यहाँंका किसान अझै पनि मिहेनतका साथ खेती किसानी गर्छन्। यहाँंका कुनै पनि खेत बाली बाँझो रहँंदैन। किसानहरु आ–आफ्नो बाँकी रहेका एक–दुई रोपनी खेतमा आफैं धानबाली लगाउँंछन्।

प्रगतिशील कृषि नगर समिति भक्तपुरका अध्यक्ष गणेशराम सुवाल रोपाइँ गर्न जाने मानिस नपाउँदा किसान हैरान भएको सुनाउँंछन्। ‘हिलोमा गएर काम गर्न किसानकै छोराछोरी पनि रुचाउँंदैनन्,’ अध्यक्ष सुवालले भने, ‘ज्यामी राखेर काम गर्ने हो भने पुरुषलाई हजार रुपैयाँं ज्याला दिँदा पनि पाइँदैन।’ ज्याला दिएर धान रोप्ने हो भने लागत पनि नउठ्ने अवस्था भएको उनले जनाए।

भक्तपुरमा चारवटा नगरपालिका छन्। चारमध्ये पुराना भक्तपुर र मध्यपुर थिमि नगरपालिका मानव बस्तीले भरिएकाले त्यहाँं खेतीयोग्य जमिन खासै छैन। नयाँं नगरपालिकाको रुपमा रहेको सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा भने प्रशस्त मात्रामा खेतीयोग्य जमिन छन् र त्यहाँं धान खेती हुन्छ।

प्रकाशित: २६ असार २०७६ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App