१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख अनुदान

धनकुटा– धनकुटामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी जोन सिधुवाले यस वर्ष मटरकोसा उत्पादनमा १० प्रतिशत उत्पादकत्व बढाउन सफल कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ।

चिसो न्यानो सुन्दर धनकुटाको ताजा तरकारी कृषि आधुनिकीकरण तथा खाद्य सुरक्षा हाम्रो समझदारी भन्ने नाराका साथमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी जोन सिधुवाको आयोजनामा अनुदान वितरण कार्यक्रममा कृषकहरूलाई प्रतिफलमा आधारित प्रोत्साहन ७ लाख रुपैयाँ अनुदान रकम कृषकलाई वितरण गरेको हो।

प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यक्रममा धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको ४५ वटा कृषि समूहका ६ सय ५७ जना कृषकलाई ७ लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । जोन सञ्चालक समितिका अध्यक्ष मेखबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको अनुदान वितरण कार्यक्रममा आर्थिक वर्ष २०७५–०७६ को जोनको प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत केराउ मटरकोसा उत्पादनमा कृषकहरूले यस वर्ष १० प्रतिशत उत्पादकत्व बढाएकोले कृषकहरूलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरिएको जोन कार्यान्वयन एकाइ सिधुवाका प्रमुख देवेन्द्र साहूले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि क्षेत्रको विकास हुनका लागि टोल सुध्रिनु आवश्यक रहेको भन्दै अनि मात्र विकास हुने बताए। कृषि क्षेत्रमा पनि व्यावसायिक रुपमा विकास हासिल गर्नका लागि टोल सुध्रिन आवश्यक रहेको भन्दै गाउँ टोल सुधार भयो भने मात्र सामान्यभन्दा सामान्य समस्या समाधान गर्ने र सबै सचेत भइसकेपछि माटो परीक्षण आफैं गर्न सक्ने भएपछि मात्र कुन बाली कुन बेला लगाउने कस्तो बाली लगाउँदा व्यावसायिक भइन्छ भन्ने ज्ञान भइसकेपछि कृषकहरू व्यावसायिक हुने बताए।

कार्यक्रमका विशिष्ट अतिथि छथरजोरपाटी गाउँपालिका प्रमुख शेरबहादुर लिम्बूले पनि कार्यक्रममा मन्तव्य राख्दै निर्यातको सट्टामा आयत बढी भइरहेको भन्दै यो समस्या समाधान गर्नका लागि पनि सरकारले प्रधानमन्त्री जोन कार्यक्रममार्फत कृषकहरूलाई प्रोत्साहन अनुदान वितरण गरिरहेको बताए। अहिले हाम्रो देश नामले मात्र कृषिप्रधान देश भइरहेको भन्दै कृषिउपज उत्पादनमा न्यून रहेकाले अबको दिनमा उत्पादकत्व बढाएर कृषिप्रधान देश बनाउनुपर्नेमा जोड दिए। साथै कार्यक्रममा कृषकलाई सम्मान पनि गरिएको थियो।

प्रकाशित: १२ असार २०७६ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App