७ वैशाख २०८१ शुक्रबार
अर्थ

बैंकको नाफा अर्बभन्दा माथि, कसको कति ?

काठमाडौं – बिहीबारसम्म तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका २१ वटा बैंकको नाफा अर्बभन्दा माथि रहेको देखिएको छ। हाल संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये हालसम्म वित्तीय विवरण प्रकाशित गरेका २१ वटा बैंकले गत वर्षको तुलनामा सुधार गरेका छन्।

चुक्ता पुँजीमा भएको वृद्धि तथा उत्साहप्रद कर्जा प्रवाहले बैंकहरूको नाफा  उल्लेख्य रुपमा वृद्धि भएको हो। चालु आवको दोस्रो त्रैमास पुससम्मको तुलनामा अझ सुधारिएको विवरण सार्वजनिक गरेका हुन्। 

चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने नेपाल बैंक र एभरेष्ट बैंकको नाफा पनि दुई अर्बभन्दा माथि छ। नबिल बैंकले यस अवधिमा तीन अर्ब १९ करोड रुपैयाँ नाफा गरेको छ। दोस्रो त्रैमाससम्म बैंकको नाफा दुई अर्ब १७ करोड थियो। गएको आवमा नबिल र कृषि विकास बैंकले चार अर्बभन्दा बढी नाफा कमाएको थिए। गएको आवसम्म अत्यधिक नाफा कमाउने दोस्रो स्थानमा रहेको कृषि विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्म दुई अर्ब २१ करोड नाफा कमाएको छ।

नेपाल बैंकले यस अवधिमा दुई अर्ब २४ करोड नाफा कमाएको छ भने दोस्रो त्रैमासमा बैंकको नाफा एक अर्ब ६६ करोड थियो। एभरेष्ट बैंकले पनि दुई अर्ब २१ करोड नाफा गरेको छ। बैंकको नाफा दुई अर्ब २१ करोड छ। ग्लोबल आईएमईले एक अर्ब ८७ करोड, स्टान्डर्ड चाटर्ड बैंकले एक अर्ब ७३ करोड नाफा कमाएका छन्।

बाँकी सात वटा वाणिज्य बैंकले भने अझै वित्तीय विवरण निकाल्न बाँकी  छ। बैंकहरूले सार्वजनिक गरेको यो प्रारम्भिक वित्तीय विवरण हो। यसमा उल्लेख गरिएको नाफा राजस्वपछिको हो अर्थात बैंकहरूले राजस्व तिरिसकेपछि उक्त नाफा सार्वजनिक गरेका हुन्।

अर्बभन्दा बढी नाफा कमाउने बैंकमा क्रमशः एनएमबी, नेपाल एसबीआई, सिद्धार्थ, सानिमा, प्राइम, प्रभु छन्। दोस्रो चैमाससम्म राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, हिमालयन बैंकको नाफा पनि अर्बभन्दा माथि नै छ। यीमध्ये राष्ट्रिय वाणिज्य बैंकको नाफा भने दोस्रो त्रैमाससम्म दुई अर्ब ४० करोड छ।

सानिमाबाहेक यी बैंकको नाफा दोस्रो चौमासमै अर्ब नाघेको थियो। सानिमाका साथै माछापुच्छे्र, सनराइज, मेगा, बैंक अफ काठमाडौं, नेपाल क्रेडिट एन्ड कमर्स, नेपाल बंगलादेश बैंकको नाफा भने करोडमै सीमित थियो। जनता, सेन्चुरी, सिभिल बैंकको नाफा पनि दोस्रो त्रैमाससम्म करोड मात्रै थियो।

प्रकाशित: २६ वैशाख २०७६ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App