११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

खिचापोखरी टावर निर्माण हुने

काठमाडौं – काठमाडौंको खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स खिचापोखरी टावर निर्माण हुने भएको छ। नेपालमै पहिलोपटक डिजिटल लाइटिङ सिस्टम भएको व्यावसायिक भवन डिआरएन इन्टरनेसनल प्रालिले निर्माण गर्न लागेको हो।

उक्त कम्प्लेक्सको बुकिङ बिहीबारबाट खुला गरिएको प्रवद्र्धकले जनाएको छ। कम्प्लेक्स कर्पोरेट अफिस र ब्रान्डेड सपका लागि उपयुक्त हुने बताइएको छ। कम्प्लेक्समा ११३ देखि २७६ स्क्वायर फिटसम्मका सटर र ८३६ स्क्वायर फिटसम्मको फ्ल्याट बिक्रीमा रहेको बताइएको छ। आठ तल्ले यो कम्प्लेक्स १६ महिनाभित्रै तयार हुनेछ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष तथा डिआरएन इन्टरनेसनल प्रालिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले उक्त कम्प्लेक्स बनाउन लागेका हुन्। कम्पनीका अनुसार उक्त कम्प्लेक्समा २४सै घन्टा सुरक्षा, लिफ्ट, एअरकन्डिसन र फायर फाइटिङ सिस्टम रहनेछ।

कम्पनीले कम्प्लेक्समा रिमोट कन्ट्रोलबाट चल्ने ट्रान्सपरेन्ट सटरहरु राख्नेछ जुन उपभोक्ताको समेत आकर्षण हुने विश्वास छ। कम्पनीका अनुसार बुकिङको बेला १५ प्रतिशत रकम भुक्तानी गरेर बाँकी रकम १५ किस्तामा मासिक रुपमा भुक्तानी गर्न पाइने छ। बुकिङका लागि ५० प्रतिशतसम्म फाइनान्सको सुविधा समेत रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App