काठमाडौं – एभरेस्ट बैंक लिमिटेडले चिरायू नेसनल हस्पिटलसँग ग्राहकलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ। काठमाडौंको बसुन्धारास्थित उक्त हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।
बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकले विभिन्न सेवामा १५ छुट पाउन सक्ने उल्लेख छ। यो साझेदारी अनुसार एभरेस्टका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउनेछन्।
प्रकाशित: ४ वैशाख २०७६ ०२:३७ बुधबार