२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन एक वर्ष भित्र : मन्त्री महासेठ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं – केरुङ र काठमाडौं- रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन एक वर्षभित्र तयार हुने बताएका छन्।

काठमाडौंमा जारी लगानी सम्मेलनमा बोल्दै मन्त्री महासेठले एक वर्ष भित्र उत्तर – दक्षिण रेलमागर्को डीपीआर तयार पारिसक्ने बताए।

मन्त्री महासेठले लगानी सम्मेलनको दोस्रो दिन ‘दिगो यातायात पूर्वाधार निर्माण’ सेसनमा बोल्दै उनले काठमाडौं केरुङ रेलमार्ग निर्माणमा तीन अर्व अमेरिकी डलर अनुमानित लागत रहेको बताए। यसको मोडालिटीबारे चिनियाँ पक्षसँग कुरा भइरहेको उनले बताए।

हवाई यातायातमा नीजि क्षेत्रलाई लगानी गर्न उनले आग्रह गरे। ‘हामीले यातायातका पूर्वाधारमा सुधारको लागि काम गरिरहेका छौं’, उनले भने, ‘यी क्षेत्रहरुमा लागनी गर्न आग्रह गर्छु।’

राजनीतिक संक्रमणको अन्त्यसँगै नेपाल आर्थिक समृद्धिको दिशामा अघि बढिरहेको उनले बताए। सन् २०३० सम्म मध्यम आय बनाइ सक्ने उनले बताए।

४० देशका ६ सय भन्दा बढी प्रतिनिधि सहभागि भएको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्‌घाटन गरेका थिए।

 

 

प्रकाशित: १६ चैत्र २०७५ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App