१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशी लगानीमैत्री कानून बनेको छ : प्रधानमन्त्री ओली

काठमाडाैँ - सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलनको सम्बोधन गर्दै विदेशी लगानीमैत्री कानून बनेको बताएका छन्। उनले विदेशी लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रहसमेत गरेका हुन्।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान  समयमा स्थीर सरकार भएको हुनाले लगानीमैत्री कानूनलाई समयअनुकुल परिवर्त गर्नु परेको सरकार तयार रहेको साहभागीहरुलाई जानकारी गराए।

सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागित रहेको छ। सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरेको हो।

प्रकाशित: १५ चैत्र २०७५ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App