१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रकमान्तर गरेर मन्त्री र पिएलाई तलब

काठमाडौं - अर्थ मन्त्रालयले १२ मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यतरत स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारी(आफन्त) हरूलाई तलब दिन फागुनमा मात्र करिब ४ करोड रुपैयाँ निकासा गरेको छ। अर्थले मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीरूका लागि ३ करोड ७२ लाख रुपैयाँ निकासा गरेको हो।

मन्त्री र तिनको स्वकीय सचिवहरुलाई तलव खुवाउने पैसा नभएपछि अर्थ मन्त्रालयले अर्को शीर्षको पैसा रकमान्तर गरेर निकासा गरेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूका लागि रकमान्तर निकासा गर्ने प्रक्रिया नियमति प्रक्रिया अन्तर्गत रहेको बताउँदै भने, ‘सचिवलायमा कार्यरत कर्मचारीहरूका लागि तलव दिन अपुग भए रकमान्तर गर्नेे गरिन्छ। जुन नियमित प्रक्रिया हो।’

मन्त्रालयका अनुसार सबैभन्दा बढी रकम उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सचिवालयका लागि रकमान्तर गरिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका लगि ६३लाख ५३ हजार ७सय ४ रुपैयाँ निकासा गरिएको छ। स्वास्थ्य मन्त्रालयपछि संस्कृति तथा पर्यटन मन्त्रालयमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीलाई तबल दिन निकासा गरिएको छ। पर्यटन राज्य मन्त्रालयकोलागि मात्र ४५लाख ९५ हजार १सय ७४ रुपैयाँ निकासा गरिएको छ।

यसैगरी युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माकोलागि ३०लाख ६० हजार तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाका लागि २४लाख ९३हजार रुपैयाँ निकासा गरिएको अर्थले जनाएएको छ। महिला तथा बालबालिका मन्त्री थममाया थापाको सचिवालमा कर्मचारीलाई तलब दिन २७लाख २८ हजार रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ।

कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालको सचिवालयका लागि ३०लाख ५८ हजार तथा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको सचिवालयका लागि ३१लाख ५८ हजार रुपैयाँ निकासा गरिएको अर्थले जाएको छ। खानेपानी मन्त्री वीना मगरको सचिवलायकोलागि ३१लाख ८ हजार तथा भौीतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकोलागि २२लाख ५८ हजार रुपैयाँ रकमान्तर गरिइएको छ।

अर्थका अनुसार शहरी विकास मन्त्री इस्तिायक राइको सचिवालयकोलागि २७लाख ५८हजार तथा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको सचिवालयकोलागि ३४लाख १९हजार रुपैयाँ निकासा गरिएको अर्थले जनाएको छ।

एक जना मन्त्रीले स्वकीय आफ्ना सचिवालयमा ७ जनासम्म कर्मचारी भर्ना गर्न पाउछन्। मन्त्रीको स्वकीय सचिवालयमा नियुक्त हुने कर्मचारीहरूमा उपसचिव देखि कार्यालय सहयोगीसम्म राख्न पाउने व्यवस्था छ। उनीहरूको तलब सुविधा निजामती कर्मचारी सरह हुने व्यवस्था छ। मन्त्रीले आफ्नो स्वकीय सचिवालयमा नियुक्त गर्ने अधिकांश कर्मचारी मन्त्रीकै आफन्त र कार्यकर्ता हुने गरेका छन्। आर्थिक वर्ष सिद्धिन लाग्दा अधिकांश मन्त्रालयहरूले मन्त्री तथा मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूलाई तलब, सुविधा दिन रकम अपुग भएको भन्दै अर्थ मन्त्रालयसँग वजेट माग्ने गर्छन।

प्रकाशित: १४ चैत्र २०७५ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App