१६ चैत्र २०८० शुक्रबार
अर्थ

सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका ९२ प्रतिशतभन्दा बढी आफ्ना संरचनाहरूको पुनर्निर्माण सम्पन्न गरेको छ। बाँकी पुनर्निर्माणका कार्य पनि अन्तिम चरण सशस्त्रले जनाएको छ। 

आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुनर्निर्माण सम्बन्धी आर्थिक वर्ष २०७५÷७६ को प्रगती प्रस्तुत गर्दै बलका वरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले पुनर्निर्माण गर्नुपर्ने २८ संरचनामध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको बताए। 
पुनर्निर्माण सम्पन्न भएका संरचनाहरूमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन्।

थापाका अनुसार नुवाकोटको ककनीस्थित सशस्त्र प्रहरी बल यु.एन शान्ति स्थापना तालिम शिक्षालयको ९५ प्रतिशत कार्य सम्पन्न भएको छ भने पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल चार नम्बर मुक्तिनाथ बाहिनी मुख्यालयको फिनिसिङ कार्य भइरहेको छ। 

बलको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित १८ नम्बर गणको हेर्डक्वार्टरमा रहेका दुईवटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रवलिकरण कार्यका साथै बंगलामुखीस्थित १९ नम्बर गणको हेडक्र्वाटरको भवन पुनर्निर्माण गर्न करिब ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको पनि थापाले बताए। 

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्धार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा आउनसक्ने विपद्पछिको उद्दार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने संस्थाका भौतिक संरचनाहरूको पुनर्निर्माणलाई पूर्णता दिन प्राधिकरणले यथासंभव सहयोग गर्ने बताए। 

सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ।

 

प्रकाशित: ३ चैत्र २०७५ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App