१६ चैत्र २०८० शुक्रबार
अर्थ

सन्राइज बैंकको सम्झौता

काठमाडौं – सन्राइज बैंकले ग्राहकमाझ उच्चस्तरीय सुविधा दिने क्रममा हालै भारतस्थित बिएलके सुपर स्पेससालिटी र नानाभाती सुपर स्पेससालिटी हस्पिटलबीच सम्झौता भएको छ। 

सम्झौता अनुसार अब सन्राइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले ती हस्पिटलका विभिन्न सेवा, सुविधामा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। 

सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपुरले मंगलबार हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ। उक्त हस्पिटलले विभिन्न देशका ग्राहकलाई सेवा प्रदान गर्दै आएका छन्। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App