१० असार २०८३ बुधबार
image/svg+xml
अर्थ

दुहवीमा सिद्धार्थ बैंकको शाखा

काठमाडौं – सिद्घार्थ बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ सेवा, मेबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको जाएको छ। बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधासमेत सञ्चालनमा ल्याएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर एक सय ४४ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा, एक सय ५२ एटिएम र १२ सयभन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैंकिङ सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App