१२ असार २०८३ शुक्रबार
image/svg+xml
अर्थ

नुबिया स्मार्टफोनमा विशेष छुट

काठमाडौं – नुबियाले आफ्ना लोकप्रिय मोबाइल फोनको मूल्य घटाएको छ। नुबिया फोनको नेपालका लागि आधिकारिक वितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु–– जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ ––को अधिकतम बजार मूल्य घटाएको हो।

कम्पनीले जेड १७ मिनीको मूल्य घटाउँदै २१ हजार रुपैयाँ कायम गरेको छ। यसअघि यसको मूल्य २३ हजार थियो। नुबिया भी १८ को मूल्य २२ सय घटाएर २२ हजार आठ सय कायम गरेको छ। नुबिया जेड १७ मिनी एसको नयाँ मूल्य २५ हजार पाँच सय छ। नुबिया जेड १७ लाइटको नयाँ मूल्य २६ हजार रुपैयाँ कायम गरिएको छ। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App