७ वैशाख २०८१ शुक्रबार
अर्थ

विप्लवसँग तत्काल वार्ता गर : नेता पौडेल

रुपन्देही – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले विप्लव नेकपाको क्रियाकलाप नियन्त्रण नभए त्यसले ठूलो असर गर्ने भन्दै वार्ता गर्न सरकारलाई आग्रह गरे।

सर्पको खुट्टा सर्पले देख्छ भन्दै नेता पौडेलले भने, ‘विप्लवको समस्या के हो चाँडो समाधान गर्नुपर्छ।’ प्रधानमन्त्रीलाई विप्लवसँग वार्ता गर्न आग्रह गरेको बताउँदै पौडेलले भने,‘अविलम्ब विप्लव जि सँग बर्ता गर।’ उनले विखण्डनकारी शक्तिलाई मूलधारमा ल्याउने हिसाबले सुरुवातमा कांग्रेसले सकरात्मक प्रतिक्रिया दिए पनि राउतसँगको सम्झौता अपरिपक्व रहेको बताए।

सरकारले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेका बताए। पौडेलले भने, ‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ।’ पौडेलले वाइडवडी काण्डमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचार प्रसार गरेको टिप्पणी गरे।

अख्तियारलाई समेत चुनौति दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ती ढाक छोप गर्ने प्रपन्च भएको आरोप लगाए। उनले छानविन आयोग भन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै गरको बताए। सरकारले आधिकारीक रुपमा छानविन गर्नुपर्नेमा दुधको साक्षी बिरालो जस्तै बनेको बताए। उनले प्रतिप्रश्न गर्दै भने, ‘केपी ओली अदालत हो, अख्तियार प्रमुख हो ? कहि नभएको जात्रा हुँदै छ ।’ उनले देशमा भष्ट्राचार मैलाउदै गएको भन्दै सुनकाण्डदेखि लिएर चिनी काण्डमासरकार असफल भएको अरोप लगाए।

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App