५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सन्राइज बैंकको नगद फिर्ता योजना

काठमाडौं – सन्राइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेबिट तथा क्रेडिट कार्डको कारोबारमा नगद फिर्ता योजना ल्याएको छ। बैंकको डेबिट तथा क्रेडिट कार्डको कारोबारमा पाँच सयदेखि एक हजारसम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागू गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

यस योजना अन्तर्गत बैंकका ग्राहकले डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पिओएस वा अनलाइनमार्फत कारोबार गर्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिनेछ।

पाँच हजारदेखि १० हजारसम्मको पिओएस वा अनलाइन कारोबारमा पाँच सय क्यास ब्याक दिइने छ। १० हजारदेखि १५ हजारसम्मको कारोबारमा सात सय ५० क्यास ब्याक दिइने बैंकले जनाएको छ। १५ हजारमाथिको कारोबारमा एक हजार क्यास ब्याक दिने बैंकको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App