१२ असार २०८३ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंककाे सम्झौता

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ, फाइनान्स तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन)बीच तालिम स्रञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ। 

यस सम्झौतापछि सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि बिएफआइएनले विभिन्न विषयमा नियमित रुपमा तालिम प्रदान गर्नेछ। यसका साथै बिएफआइएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालामा बैंकको सहभागिता रहनेछ। कर्मचारीको वृत्ति विकासका निमित्त विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट करिब चार लाख  ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिइरहेको जनाएको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App