१ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

सुनको मूल्य प्रति तोला दुई सयले घट्यो

काठमाडौं – बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन बुधबार दुई सय रुपैयाँले घटेर छ। मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको विनिमय दर बढेकाले त्यसको असर घरेलु बजारमा  परेको हो।

सुनजस्तै बुधबार प्रतितोला चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर सात सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App