१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उखुको मूल्य निर्धारणसँगै उद्योग सञ्चालनको तयारी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स सञ्चालन हुनुअघि शुभ मुहुर्तमा डोगा पुजा गर्दै। तस्बिर : मदन/नागरिक

रौतहट - उखुको मूल्य निर्धारण हुन नपाउँदै श्रीराम सुगर मिल्स लिमिटेड गरुडाले चालु आर्थिक वर्षमा उखु सिजन क्रसिङ गर्नका लागि मंगलबार डोंग पुजा गरेको छ। गत वर्षको क्रसिङ सिजन पूरा गरेर बन्द भएको उद्योगको यो वर्ष सञ्चालनका लागि मिल्सको विभिन्न पार्टपुर्जा मर्मतसम्भारको काम सम्पन्न गरी उद्योग चलाउनका लागि मंगलबार शुभ मुहुर्त निकालेर वैदिक मन्त्र उच्चारण गरी एक समारोहबीच डोंगा पुजा गरेका हुन्।

उद्योगको सम्पुर्ण सरसफाई र स्पेयरपार्टसको मर्मतसम्भारपछि र उद्योग सञ्चालन गर्नुअघि मिल्स प्रशासनले सिजनभर राम्ररी उद्योग सञ्चालनमा कुनै बाधा अवरोध नहोस् र राम्ररी सिजन अवधिभर उद्योग सञ्चालनहोस भन्ने उदेशयले मिल्स पुजा गरिएको मिल्स प्रशासनले जनाएको छ।

किसानबाट खरिद गरिएको उखु पेल्नका लागि सबैभन्दा पहिले राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्छन्। हरेक वर्षझै मिल सञ्चालन गर्नुअघि डोगालाई पुजा गर्ने धार्मिक मान्यता रहेको सोही अनुरुप मिल्सका प्रमुख उखु प्रबन्धक पवनकुमार झाले डोगा पुजा गरेका छन्।    

२०४९ सालमा स्थापना भएको श्रीराम सुगर मिल्सको निर्माण कार्यहरु पुरा भई २०५१ सालमा संचालनमा आएको थियो। गोल्छा अर्गनाईजेशनको लगानीमा मिल्स स्थापना हुँदा रौतहट लगायत बारा, सर्लाही जिल्लाको उखु किसानहरुबाट उखु किनेर मिल्स क्रसिङ गर्दै आएको छ।  

मिल्स पुरानो हुँदै जाँदा पटक–पटक बिग्रने तथा किसानको रकम भुक्तानीको समस्याले प्रायः विवाद भइरहेन भएपछि मिल्स प्रशासनले गत वर्षदेखि विशाल ग्रुपलाई सेयर दिएर ज्वाइन्ट रुपमा मिल्सलाई परिमार्जन गरेर सञ्चालन गर्न पूर्ण रुपमा तयार भएको उखु प्रबन्धक झाले बताए।

रौतहटमा करिब १० हजार बिघा जमिनमा किसानले उखुखेती गरेका छन्। रौतहटका करिब ६ हजार किसान उखु खेतीमा निर्भर छन्। श्रीराम सुगर मिल्सले यो वर्ष करिब २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको चिनी मिलका जिएम पिके झाले बताए। मिल्सको आन्तरिक परीक्षण गरेर पूर्ण रुपमा सञ्चालनको अवस्थामा रहेको जानकारी दिँदै उनले चिनी उत्पादक संघ र उखु उत्पादकसँगबीच उखुको दर रेट नमिल्दा मिल सञ्चालनमा आउन नसकेको बताए। हामी उद्योग चलाउनेका लागि सबै काम पूरा गरेर तयारी अवस्थामा छौं, किसान र उद्योगीबीच उखु खरिद प्रक्रियाको दररेट तय हुन नसकेको कारण सञ्चालनमा अलि ढिलाइ हुने संकेत देखा परेको बताए।

यता उखु उत्पादक संघका रौतहट जिल्ला अध्यक्ष अशोक यादवले २०७१/७२ को १३ करोड र २०७४/७५ को दुई करोड गरी १५ करोड रुपैयाँ किसानको उद्योगीसँग बाँकी  छ। उक्त रकम भुक्तानी नदिँदा र नयाँ मूल्य निर्धारण नहुन्जेलसम्म उद्योग सञ्चालन गर्न नदिने उनले प्रतिक्रिया दिए। किसानले यसपालि उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ४५ रुपैयाँ हुनुपर्ने अडान राखेका छन्।    

उखु उत्पादक र चिनी उत्पादकबीच उखुको मूल्य निर्धारण सम्बन्धी कुनै किनारा नलागेका कारण मिल्स सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको मिल्स सञ्चालक हितेश गोल्छाले बताए। अर्थ, उद्योग र कृषि मन्त्रालयमा मूल्य निर्धारणका लागि किसान उद्योगी दुवै धाइरहे पनि अहिलेसम्म कुनै सुनवाइ नभएको उनले बताए। यो पटक सरकारले चिनीको बजार मूल्य अनुसार उखुको मूल्य तोक्नुपर्ने उनको तर्क छ। किसानको पुरानो बक्यौता रकम दिनहुँ सेड्युल बनाएर भुक्तानी भइरहेको गोल्छाले बताए।

प्रकाशित: ११ पुस २०७५ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App