२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

माछापुच्छ्रेको एटिएम अस्पतालमा

बनेपा – माछापुच्छ्रे बैंक लिमिटेडले काभ्रेकै पुरानो अस्पताल शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा एमबिएल एटिएम स्थापना गरेको छ। अस्पतालमा आउने बिरामी तथा आफन्तहरुको सुविधाका साथै आसपासका सेवाग्राहीलाई लक्षित गर्दै उक्त एटिएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. डेल मोले र बनेपा शाखा प्रबन्धक सुनिल श्रेष्ठले सो एटिएम सेवाको संयुक्त रुपमा शुभारम्भ गरेका हुन्। बैंकको बनेपास्थित शाखा र सो अस्पतालमा गरी हाल दुईवटा एटिएम सेवा सञ्चालनमा आएको छ। बैंकको उपत्यकाभित्र ३४ वटा र उपत्यकाबाहिर ७१ वटा एटिएम सञ्चालनमा रहेको उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७५ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App