१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

संसाद नआएपछि अर्थ समितिको बैठक रोकियो

काठमाडौं–  सरकारले विकास निर्माणका लागि गरिरहेको खर्च र बजेटले निर्धारण गरेभन्दा बाहिर गएर भएको निकासा बारे संसदीय अर्थ समितिमा आज छलफल गर्ने कार्यक्रम थियो। तर राज्यको खर्च अवस्था बारे छलफल गर्ने विषयबारे छलफल गर्न संसदीय समितिको बैठकमा सांसदहरु नै आएनन्।

प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि बस्ने पूर्वनिर्धारित बैठक संसादहरु नै नआएपछि स्थगित भयो।  पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्ने हुन्छ तर ९ः३० बजेसम्म पनि नौ जनामात्र सांसद आएपछि बैठक नै बस्न सकेन।  

खर्च अवस्थाबारे जानकारी दिन बोलाइएका अर्थमन्त्री डा. युवराज खतिवडा भौतिक  पूर्वाधार तथा यातायातमन्त्री रघुविर महाशेठलगायत सरोकारवाला निकायका सचिबसमेत आएका थिए। तर सांसद सदस्यहरुको कोरम नपुगेपछि बैठक विशेष कारण परेको भन्दै समितिका सभापति कृष्णप्रसाद दाहालले बैठक स्थिगित भएको सूचना आगन्तुकलाई दिए। बैठक आज दिउसो १ बजेका लागि सारिएको छ।

 

प्रकाशित: ३ मंसिर २०७५ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App