१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साना तथा मझौला व्यवसाय विकासमा नेपाल कोरिया समझदारी

काठमाडौं – नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरेका हुन्। अन्तर्राष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीपत्रमा उल्लेख छ।

१५ वटा दफाहरू समेटिएका समझदारीमा साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि उल्लेख छ । 

प्रकाशित: १३ कार्तिक २०७५ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App