२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आठ अंकले घट्यो नेप्से

काठमाडौं– साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ८.८२ अंकले कमि आएर १२सय ४१.११ कायम भएको नेप्सेले जनाएको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१८ अंकले घटेको छ। आज कुल कारोबार रकम भने बुधबारको तुलनमा बढेर २७करोड ७१ लाख ८२ हजार रुपैयाँको शेयर किनबेच भएको छ। आज १५६ कम्पनीको ९ लाख ४८ हजार ५९३ कित्ता शेयर खरिदविक्री भएका छन्।

समूहगत कारोबारतर्पm आज उत्पादन मूलक बाहेक सबैमा गिरावट आएको छ। उक्त समूहमा ४९.५६ अंकको बृद्धि देखिएको छ। गिरावट आउनेमा सबैभन्दा धेरै निर्जीवन बिमा समूह ४०.२४ अंकले घट्यो भने  होटल समूहमा ३६.९४ अंकले कमि आएको छ। बैंकिङ समूह ९.४३ अंकले ओरालो लागेको छ।

कारोबारमा उच्चस्थानमा रहँदै आएको प्रभू बैंकको आज पनि ३ करोड ६३ लाख ५० रुपैयाँको शेयर किनबेच भएका छन्। दोस्रोमा रहेको कुमारी बैंकको २ करोड ६२ लाख २४ हजार रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

आज प्रतिकित्ता आम्दानीका हिसावले युनिलिभर ९०९ रुपैयाँसहित अग्रस्थानमा रहेको छ भने बोटलर्स नेपालको प्रतिकित्ता शेयर मूल्य १३२ रुपैयाँले बढेको छ। गुमाउनेमा सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको प्रवद्र्धक शेयर ३४२ रुपैयाँले घटेको छ। समता माइक्रोफाइनान्सको शेयर मूल्य ५९ रुपैयाँले कमि आएको छ।  

 

प्रकाशित: ८ कार्तिक २०७५ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App