१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

१० अंकले बढ्यो नेप्से, कारोबारमा भने सामान्य गिरावट

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको कारोबारको अन्तिम दिन आज करिब १० अंकले बढेको छ भने कुल कारोबारमा सामान्य वृद्धि आएको छ।

बिहीबार नेप्से ९.९५ अंकले बढेर १२सय २८.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेका अनुसार सेन्सेटिभ इन्डेक्स २.३अंकले बढेको छ। 

आज १६५ कम्पनीको ८ लाख ६२ हजार ३६८ कित्ता शेयरहरु २५ करोड २२ लाख ९१ हजार ५४० रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ। 

ंसमूहगत कारोबारतर्पm होटल र उत्पादनमूलक बाहेक सबै समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै निर्जीवन विमा समूहको ४९.४३ अंकको बृद्धि भएको छ भने बैंकिङ समूह १२.२७ अंकले बढेको छ। 

आज सबैभन्दा धेरै मेघा बैंकको १ करोड ६४ लाख ४४ हजार रुपैयाँ र एनआईसी एसिया बैंकको १ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

 

प्रकाशित: २५ आश्विन २०७५ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App