१६ चैत्र २०८० शुक्रबार
अर्थ

पुनर्निर्माण अभियानमा १९ करोड

काठमाडौँ – सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आर्थिक वर्ष २०७४–७५ मा भूमि अधिकार अभियान र पुनर्लाभ तथा पुनर्निर्माण अभियानका कार्यक्रमका लागि १९ करोड ३१ लाख खर्च गरेको छ।

केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले संस्थाको ११ औं वार्षिकोत्सवका अवसरमा यो जानकारी दिएका हुन् । संस्थाले लामो समयदेखि भूमि अधिकार अभियानमार्फत गरिब तथा भूमिहीनको पक्षमा काम गर्दै आएको छ । सिन्धुपाल्चोक जिल्लाबाट सुरु भएको भूमि अधिकार अभियान हाल देशका ५९ जिल्लामा फैलिएको छ।

त्यस्तै संस्थाले ३ सय २५ विपन्न परिवारलाई १५ हजार र १ सय २४ परिवारलाई २५ हजार रुपैयाँ बराबरको हुनेगरी जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न सहयोग र आयमूलक कार्य गरी आम्दानी बढाउने काम गरिरहेका छन्।

 

प्रकाशित: २४ आश्विन २०७५ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App