२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

शुक्रबारबाट तीनदिने प्लास्टिक प्रदर्शनी

काठमाडौं – प्लास्ट नेपाल फाउन्डेसनले आगामी शुक्रबारबाट तीनदिने अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी आयोजना गर्ने भएको छ । २०७१ कात्तिकमा पहिलो प्रदर्शनी सम्पन्न गरेको फाउन्डेसनले दोस्रो संस्करणको ‘प्लास्ट नेपाल २०१८’ आयोजना गर्न लागेको हो। 

असोज १९ देखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एक सय २५ प्रदर्शकको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । सहभागी हुने प्रदर्शकमध्ये ५० प्रतिशतभन्दा बढी भारतबाट आउने फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘प्लास्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा विभिन्न स्टलमार्फत उपभोक्ताले स्वदेशी तथा विदेशी  उत्पादनको बारेमा जानकारी पाउनेछन् । प्लास्टिक उद्योगी व्यवसायीले आफ्ना उत्पादनका साथै यसक्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधि तथा कच्चा पदार्थका बारेमा जानकारी प्रदान गर्नेछन् । मुलुकमा प्लास्टिक उद्योग व्यवसायको प्रवद्र्धनसँगै उपभोक्तालाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लास्टिकजन्य वस्तु उपलब्ध गराउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले गरेको छ।

फाउन्डेसनले प्लास्टिकजन्य उत्पदानको प्रवद्र्धन तथा प्लास्टिकबारे जनचेतना फैलाउने काम गर्दै आएको छ । संस्थाले ‘थ्री आर’ रिड्युस, रियुज र रिसाइकल (न्यूनीकरण, पुनः प्रयोग र पुनर्नवीकरण) सिद्धान्तलाई मुल आधार बनाएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएको छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App