काठमाडौं – नेपाल बैंकले खुला गरेको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयरको थप सार्वजनिक निष्कासन (एफपिओ ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरी बाँडफाँड भएको छ।
यस अनुसार २ अर्ब ६२ करोड ५२ लाख १० हजार बराबरको ९३ लाख ७५ हजार ७५० कित्ता सेवा आस्बा पद्धतिबाट सर्वसाधारणलाई र २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २ सय ४० बराबरको ८३ लाख ९ हजार १ सय ८ कित्ता प्रत्याभूतिकर्ता (अन्डरराइटर) लाई वितरण भएको छ।
बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ सय ८० थप गरी प्रतिकित्ता २ सय ८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता निष्कासन गरेको थियो।
प्रकाशित: २६ भाद्र २०७५ ०६:११ मंगलबार