१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजाज बाइकको पाकेट फुल अफर

काठमाडौं – हंसराज हुलास चन्द एन्ड कम्पनी, बजाज अटोले दसैं–तिहारकोे अवसरमा नयाँ अफर ल्याएको छ । ग्राहकको पाकेट भर्नको लागि बजाज पाकेट फुल नामक योजना ल्याएको कम्पनीको भनाइ छ। 

यो योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प्राप्त हुने छ । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन रहेको कम्पनीले जनाएको छ। 

स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले १ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर साप्ताहिक पाकेट फुल लक्की ड्र कुपनमध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेता घोषणा गरिने जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १९ भाद्र २०७५ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App