१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौंको विकासमा २१ अर्ब

काठमाडौंका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि २१ अर्बभन्दा बढीका बजेट ल्याएका छन् । यहाँका अधिकांश स्थानीय तहले आइतबार नगर सभाबाट बजेट सार्वजनिक गरेका हुन्।

काठमाडौंमा एक महानगर र १० नगरपालिका छन् । ती स्थानीय तहको बजेट जोड्दा २१ अर्ब ९ करोड ७९ लाख रूपैयाँ हुन्छ।

यीमध्ये काठमाडौं महानगरले सबैभन्दा बढी रकमको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले १३ अर्ब दुई करोड रूपैयाँको बजेट सार्वजनिक गरेको हो । महानगरले गत आर्थिक वर्षमा १२ अर्ब ८७ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।अर्बको बजेट ल्याउनेमा कीर्तिपुर र कागेश्वरी मनोहरा नगरपालिका पनि छन् । कीर्तिपुरले एक अर्ब ३७ लाख र कागेश्वरीले एक अर्ब तीन करोडको बजेट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा कीर्तिपुरले ७३ करोड कागेश्वरी मनोहराले ५२ करोड १२ लाख बजेट ल्याएको थियो ।

गोकर्णेश्वर नगरपालिकाले ९१ करोड ६६ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।तार्केश्वर नगरपालिकाले ७१ करोडको बजेट ल्याएको छ । अघिल्लो पटक भने तार्केश्वरले ५० करोड बजेट ल्याएको थियो । त्यसैगरी शंखरपुर नगरपालिकाले ५२ करोड २२ लाख बजेट ल्याएको छ । अघिल्लो पटक ४३ करोडको बजेट नगरपालिकाले ल्याएको थियो । अघिल्लो पटक ७४ करोड ८५ लाख बजेट ल्याएको टोखा नगरपालिकाले आगामी आवको लागि ७४ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको छ ।

त्यसैगरी दक्षिणकालीले ३९ करोड ३९ लाख, नार्गाजुनले ८० करोड ४१ लाख रूपैयाँको बजेट सार्वजनिक गरेका छन् । अघिल्लो पटक दक्षिणकालीले २२ करोड ६६ लाख र नार्गाजुन नगरपालिकाले ६४ करोड बजेट ल्याएका थिए।

चन्द्रागिरी र बूढानिलकण्ठ नगरपालिकाले भने आइतबार बजेट सार्वजनिक गरेका छैनन् । उनीहरूले आइतबार नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेका हुन् । चन्द्रगिरीले ८३ करोड र बूढालिकण्ठले ७५ करोड १४ लाखको बजेट ल्याउन तयारी गरेका छन् । बुढानिलकण्ठले अघिल्लो वर्ष ७० करोड ९७ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

लामो समय जनप्रतिनिधिविहिन भएका स्थानीय तहले अघिल्लो वर्ष मात्रै जनप्रतिनिधि पाएका हुन् । जनप्रतिनिधि पाएपछि जनप्रतिनिधिकै रोहबरमा बनाएको यो पहिलो बजेट हो । त्यसो त संघीय संरचना अनुसार पनि पहिलो बजेट हो । यस पटक भने स्थानीय तहले प्रदेश सरकारबाट समेत बजेट पाएका छन्।

 

प्रकाशित: ११ असार २०७५ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App