१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भायनेटको विश्वकप फुटवल हेर्ने नयाँ अफर

काठमाडौं– विश्वकप फुटवललाई लक्ष्य गर्दै भायनेट कम्युनिकेसन्सले अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने कम्पनीले जनाएको छ।

भायनेटको यस विश्वकप अफर अन्तर्गत ग्राहकले एकपटक सेट–अप बक्सको हजार रुपैयाँ रेन्टल चार्ज र पाँच सय रुपैयाँ डिपोजिट तिरेर ६ महिना नेट टिभी हेर्न सक्नेछन् ।साथै दुई हजार पाँच सय रुपैयाँ र पाँच सय रुपैयाँ डिपोजिट तिरेर १२ महिनासम्म नेट टिभी सित्तैमा हेर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।भायनेटको नेट टिभीमार्फत ५५ एचडी र एक सय ३५ वटा एसडी च्यानल हेर्न सकिनेछ ।

यस नेट टिभीको सोनी टेन टू र सानी टेन थ्रीमार्फत विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ । नेट टिभीसँगै ग्राहकले वार्षिक १० हजार रुपैयाँमा १८ एमबिपिएस, १२ हजार रुपैयाँमा ३० एमबिपिएस र १६ हजार रुपैयाँमा ६० एमबिपिएसको इन्टरनेट समेत प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App