२७ भाद्र २०८३ शनिबार
image/svg+xml
अर्थ

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

फाइल तस्बिर

भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ।

आज आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार बाढी प्रभावितका लागि स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले उपलब्ध गराउने र सोही आधारमा युएसभी फार्मास्युटिकल्सले सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध प्रदान गर्नेछ।

प्रकाशित: २६ भाद्र २०८३ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App