१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेस फाइनान्सको वार्षिक साधारणसभा

काठमाडौं– सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष ०७३-७४ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गरेको कम्पनीले जनाएको छ ।

साथै हाल कायम चुक्ता पुँजीको १ः१.६७ दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत पारित भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।नेपाल राष्ट्र बैंकले तोकेको समय सीमाभित्र चुक्ता पुँजी ८० करोड पुर्याउन हकप्रद सेयर निष्कासन गर्न विज्ञप्तिमा छ । सो वार्षिक साधारणसभामा संस्थापक समूहको तर्फबाट अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित भएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App